१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायत पठाइदिन्छु भन्दै कमानसिंह लामाले साँढे नौ लाख ठगे- धनमाया तामाङ



अ+ अ-

काठमाडौं । आफूलाई बेलायत पठाइदिने प्रलोभन देखाएर बिदुर नगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य कमानसिंह लामाले ठगी गरेको भन्दै नुवाकोटकी धनमाया तामाङले कारबाहीको माग गरेकी छिन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै तामाङले ठगीको रकम फिर्ता दिलाइदिन र दोषीलाई कारबाहीको माग गरेकी हुन् ।

‘मलाई बेलायत लैजान्छु भन्दै कमानसिंह लामाले नौ लाख ५२ हजार रुपैयाँ ठगी गरे,’ धनमायाले भनिन्, ‘मैंले न्याय पाउनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ ।’ आफ्नो आर्थिक अवस्था कमजोर भएपनि विदेश गएर अवस्था सुधार्न सकिन्छ कि भनेर आफन्तसँग सरसापटक गरेर रकम जोहो गरेर लामालाई दिएको र ठगीमा परेर समस्यामा परेको बताइन् । आफूलाई दुई पटक गरी एक लाख मात्र फिर्ता गरेको भन्दै बाँकी रकम जतिसक्दो छिटो फिर्ता दिलाइदिन जिम्मेवार निकायसँग सहयोगको आग्रह समेत गरिन् । रकम फिर्ता गरिसकेको भन्ने नक्कली प्रमाण देखाएर हिंडेको भन्दै कमानसिंह लामालाई किर्ते हस्ताक्षर समेत गरेको बताइन् । लिएको रकम फिर्ता गर्न लामाले चेक दिएको तर चेक साट्न जाँदा बैंकमा रकम नभएर बाउन्स भएको बताइन् ।

आफूसँग रकम लिएर विदेश पठाउन नसकेको र रकम फिर्ता माग्दा अनेकन बहाना झिकेको उनको भनाई थियो । पटक पटक टेलिफोन सम्पर्क गरी रकम फिर्ता गर्न भन्दा मोबाइल समेत ब्लक गरिदिएको र भेट्न समेत नदिएको गुनासो गरिन् । उनले भनिन्, ‘मलाई रकम फिर्ता नदिने नियतले कमानसिंह लामा सम्पर्कबाहिर छन् ।’ पत्रकार सम्मेलनमा पूर्व मेयर कमानसिंह लामाविरुद्ध कडा रुपमा प्रस्तुत भएकी उनले चर्को आलोचना गरिन् । उनले भनिन्, ‘कमानसिंह लामा ठग र जालीफटाहा हुन् । आफूसँग रकम लिएको केही दिनमै लामा फरार भएको आरोप लगाइन् ।’ निकै खोजीपछि मात्र बल्ल भेट्न पाएको र पैसा फिर्ता दिन १५ दिनको म्याद राखेपछि चेक दिएको तर चेकमा रकम नभएको उनको भनाई थियो । तामाङले चेक बाउन्स भएको पीडा सुनाइन् । उनले भनिन्, ‘एकपछि अर्को तरिकाले मलाई झुक्याउने र ठगी गर्ने गतिविधि भयो ।’ आफूलाई पटक पटक झुक्याएपछि ७ मंसिरमा मुद्दा दर्ता गरेको जानकारी गराइन् ।

आफू जस्तो कमजोर आर्थिक अवस्थाका मानिसबाट रकम ठगी गरेर कमानसिंह लामाले अपराध गरेको आरोप लगाइन् । उनले भनिन्, अहिले मसँग आफ्नो बच्चालाई दुध समेत खुवाउने पैसा छैन तर कमानसिंह मेरो रकम लिएर घुमिरहेका छन् ।’ आफूमाथि ठगी गरेको सबै तथ्य प्रमाणहरु सुरक्षित रहेको उनको भनाई थियो । कमानसिंह लामालाई आफ्नो अगाडि ठगी गरेको होइन भनी प्रमाणित गर्न चुनौती समेत दिइन् । उनले भनिन्, ‘मसँग सबै प्रमाण छ त्यसैले यहाँहरुले सत्य तथ्य लेखिदिनुहोस् ।’ तामाङले छिटो भन्दा छिटो आफूले न्याय पाउनु पर्छ भन्दै सरकार र सरोकारवालासित सहयोगको अपिल गरेकी छिन् । आफूले दुईपटक गरी एक लाख रुपैयाँ मात्र बुझेको स्वीकार्दै बाँकी रकम नपाएको प्रमाण समेत प्रस्तुत गरिन् ।