६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सीमा विवाद समाधानका लागि संयुक्त सर्भे टोली खट्दै

सीमा विवाद समाधानका लागि संयुक्त सर्भे टोली खट्दै
अ+ अ-

धनगढी । कैलाली र कञ्चनपुरको सीमा विवाद समाधानका लागि तेस्रोपल्ट संयुक्त सर्भे टोली खटिएको छ। यसअघि दुईपल्ट गठित सर्भे टोलीले सामान्य अवलोकनबाहेक केही गर्न सकेको थिएन। यसपालि पनि खासै प्रगति नहुने टोलीमा खटिएका अधिकारीले बताएका छन्। माघ ३ गते भारतको उत्तराखण्ड राज्यको बनबासामा दुवै देशका सुरक्षा र सीमा अधिकारीको बैठकले संयुक्त सीमा सर्भे आरम्भ गरेको थियो। दुई वर्षदेखि कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र डडेल्धुराको सिमाना मात्रै हेर्ने गरी चौथो संयुक्त सीमा सर्भे टोली गठन हुँदै आएको छ।

आव ०७४/७५ मा प्रमुख नापी अधिकृत सुदर्शन धामीको नेतृत्वको टोली र २०७५/७६ मा प्रमुख नापी अधिकृत जनकराज भट्टको नेतृत्वमा रहेको सीमा सर्भे टोलीले सीमा व्यवस्थापन टुंगाउन सकेको थिएन। यसपल्ट पनि प्रमुख नापी अधिकृत जनक भण्डारीको नेतृत्वमा टोली गठन भई सर्भेमा खटिएको छ। भारतका तर्फबाट पनि नापी टोली गठन भएको छ। दुवै टोलीलाई नयाँ पिलर निर्माण, भत्किएका पिलर मर्मत र सीमा विवाद भएका स्थानको रेकी गर्ने जिम्मेवारी छ। जोर नम्बरका पिलर भारतले र बिजोर पिलर नेपालले मर्मत गर्नुुपर्ने कार्यादेश छ।

कैलालीको सीमा स्तम्भ नम्बर ७०० (साविकको ९८) देखि कञ्चनपुरको ब्रह्मदेव सीमा स्तम्भ नम्बर ८११ सम्म (साविकको २१०) को जिम्मेवारी पाएको संयुक्त सीमा सर्भे टोली नम्बर ४ ले कैलालीकै फूलबारीमा सीमा स्तम्भको टुंगो लगाउन सकेको छैन। गत वर्ष फूलबारीमा सर्भे टोलीले नेपालीले चर्चेको भूभाग भारतमा पर्ने भनेपछि विवाद देखिएको थियो। ‘यसपालि पनि खासै प्रगति होला जस्तो छैन। तैपनि हामी रेकीमा गएका छौं’, संयुक्त सीमा सर्भे टोलीका संयोजक जनक भण्डारीले भने। धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा सीमा विवादकै कारण ६ वटा पिलर निर्माण गर्न सकिएको छैन।

फूलबारीमा सीमा स्तम्भ हराएका छन्। ती सबै सीमा स्तम्भ सार्दा र पुनर्निर्माण गर्दा नेपालीले भोग चलन गरिरहको भूमि भारततर्फ जाने देखिएपछि स्थानीयले विरोध जनाएका थिए। अघिल्लो वर्ष जनकराज भट्टले नेतत्व गरेको नापी टोली स्थानीयको विरोधपछि सीमास्तम्भको काम स्थगन गरेर अघि बढेको थियो। सन् २०१७ को सेप्टेम्बरमा भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा बसेको नेपाल–भारतको ‘सर्भे अफिसियल कमिटी’ को सातौं बैठकले दुवै देशका पाँच जिल्लाको सीमा सर्भेक्षणका लागि दुईपक्षीय टोली गठन गर्ने निर्णयअनुसार ०७४/७५ देखि सुदूरपश्चिमका लागि छुट्टै सर्भे टोली गठन भएको हो।

कञ्चनपुरमा विवाद उस्तै:कञ्चनपुर पुनर्वास नगरपालिकाको आनन्दबजार र प्याराताल क्षेत्रको सीमा विवाद कायमै छ। कञ्चनपुरको डोकेबजार नजिक एउटा मात्र स्तम्भ मर्मत भएको छ। यसपालि गठित सर्भे टोलीलाई कञ्चनपुरको पुनर्वास क्षेत्रको सीमा विवाद सुल्झाउने जिम्मेवारी तोकिएको छ। पुनर्वास नगरपालिकाको आनन्द बजारमा तीन वर्षअघि भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमको मृत्युपछि त्यहाँ सीमा विवाद उत्कर्षमा छ। त्यहाँ अस्थायी नाकाको आवागमन बन्द गरिएको छ भने झडप भएको स्थानमा सशस्त्र प्रहरीको आधार शिविर राखिएको छ। गत वर्षको सर्भे टोलीले आनन्द बजारमा रेकीबाहेक अरू काम गर्न सकेन।

प्यारातालमा पनि विवाद उस्तै छ। प्याराताल भारतको दुधवा नेसनल पार्क छेउमा पर्छ। त्यहाँका वन्यजन्तुको पानीका लागि भारतीय पक्षले ताललाई आँखा लगाएको स्थानीय बताउँछन्।पुनर्वासका कुवेर नाथ भन्छन्, ‘पिलर नम्बर १९४ (प्याराताल नजिकको पिलर) पछिको पिलर नम्बर १९५ जंगलमा उत्तानो परेको छ। तर भारतीय पक्षले त्यहाँसम्म जान दिँदैन। भारतले त्यसको ६ सय मिटर नेपाली भूमिभित्र पिलर राखेपछि स्थानीय उखेलेका हुन्।’

दुई वर्षमा ७७ नयाँ पिलर:गत दुई वर्ष अवधिमा नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुरका मुख्य र सहायक गरी ७७ वटा नयाँ पिलर निर्माण गरेको छ। नेपाल–भारत संयुक्त सर्भे टोलीका तत्कालीन प्रमुख नापी अधिकृत जनकराज भट्टले भने, ‘कैलाली र कञ्चनपुरका केही भाग सर्भे भयो। तर कञ्चनपुरको आनन्दबजारसम्म भने पुग्न सकिएन।’

कञ्चपुरमा रहेका कुल ३८० पिलरमध्ये २१७ पुनर्निर्माण गर्नुपर्ने छन् भने ३६ हराएका छन्। १२७ पिलरलाई सामान्य मर्मत गर्नुपर्ने तत्कालीन सर्भे टोलीका प्रमुख भट्टले बताए। अन्नपुर्णपोष्ट दैनिकबाट