२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार र बिहीबार पानी र हिउँ पर्ने सम्भावना, शुक्रबारदेखि मौसम खुल्ने



अ+ अ-

काठमाण्डौ । बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार र बिहीबार धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको छ । पूर्वको तुलनामा मध्य र पश्चिमको धेरै ठाउँमा पानी पर्नेछ भने पश्चिमी उच्च हिमाली भेगमा भारी हिमपात पनि हुनेछ ।

तर लगातार झरीको सम्भावना भने कतै पनि नरहेको पनिउनले बताए । बुधबार मध्य र पूर्वको मौसम दिउँसो एकैछिन खुल्दै बादल लागेर थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए ।

यस्तै बुधबार दिउँसोभन्दा राति धेरै ठाउँमा पानी पर्नुका साथै हिमपात पनि हुने उनको अनुमान रहेको छ । तर शुक्रबारदेखि भने मौसम खुल्दै जाने उनले जानकारी दिए ।