२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पद्वारा ग्रिनल्याण्डमा अमेरिकी झण्डा गाडेको तस्बिर सार्वजनिक



अ+ अ-

एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा आफूले ग्रिनल्याण्डको भूमिमा अमेरिकी झण्डा गाड्दै गरेको तस्बिर पोस्ट गरेका छन् ।

उक्त तस्बिरमा ट्रम्पसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि देखिएका छन् । नजिकै रहेको एउटा संकेतपाटीमा ग्रिनल्याण्ड–अमेरिकी भूभाग, स्थापना २०२६ लेखिएको छ । सोही दिन, ट्रम्पले अर्को तस्बिर पनि सार्वजनिक गरेः जसमा उनी ओभल कार्यालयमा युरोपेली नेताहरूसँग भेट गरिरहेको देखिन्छन् ।

उनको पछाडि राखिएको नक्सामा संयुक्त राज्य अमेरिका, क्यानडा, ग्रिनल्याण्ड र भेनेजुएलालाई अमेरिकी झण्डा मुनि देखाइएको छ ।

ट्रम्पले मंगलवार ट्रुथ सोसियलमा आफूले ग्रिनल्याण्डको विषयमा नाटोका महासचिव मार्क रुटसँग टेलिफोन वार्ता गरेको बताएका छन् ।