१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीडित पुम्फाको उपचारको बाटो खुला



अ+ अ-

सुर्खेत । तातोपानी गाउँपालिका–२ जुम्ला जर्मीगाउँका ६५ वर्षीया पुम्फा दमाईको उपचारको बाटो खुलेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले घरमै निःशुल्क एम्बुलेन्स सेवा दिएर पुम्फालाई प्रतिष्ठानमा पुर्याई त्यहाँ कार्यरत डा सूर्यमान लिम्बूले प्रारम्भिक जाँच गर्नुभएको थियो ।

“उहाँको क्यान्सर निश्चित गर्न मासु झिकेर हेर्नुपर्ने भएकाले त्यो सेवा यहाँ छैन”, कुरा गर्दै डा लिम्बूले भन्नुभयो, “यद्यपि छ महिनासम्म घाउ निको नभए क्यान्सर हुने नै प्रबल सम्भावना हुन्छ ।” बायाँ छातीको स्तनको बिग्रँदो अवस्थालाई हेर्दा क्यान्सरको सङ्केत गरेकाले उहाँलाई राम्रो उपचार होस् भनेर भरतपुर अस्पताल चितवनमै जान सिफारिस गरिएको उहाँले बताउनुभयो । भरतपुर जान पीडित पुम्फा र सहयोगीसहित दुईजनालाई हवाई भाडा प्रतिष्ठानबाटै व्यहोरिदिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले राससलाई जानकारी दिनुभयो ।

उहाँको उपचारका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रजिअ दुर्गा बञ्जाडेले रु पाँच हजार सहयोग गर्नुभएको छ । त्यस्तै भारतमा काम गरिरहेका नरी परियारले प्रवासबाट पुम्फाको उपचारका लागि रु २० हजार नगद सहयोग गर्नुभएको पीडितका आफन्त सागर परियारले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार जुम्ली सेवा समाज काठमाडौँले रु नौ हजार ४६०, काञ्जिरोवा होटल जुम्लाका प्रोपाइटर नुर्व लामाले रु पाँच हजार, तातोपानी गाउँपालिका–२ जुम्ला निवासी सरस्वती बमले रु दुई हजार र देपालगाउ जुम्लाका उमा क्षेत्रीले रु एक हजार पुम्फाको उपचारका लागि नगद सहयोग गर्नुभएको छ । “विभिन्न क्षेत्रबाट आजसम्म करीब रु ५० हजार नगद सहयोग भएको छ । अब उहाँलाई आजै अपराह्न २ बजे तल झारिनेछ”, परियारले भन्नुभयो, “क्यान्सर अस्पताल भरतपुरले पनि पुम्फालाई निःशुल्क उपचार दिने विश्वास दिएको छ ।”

यता भरतपुर क्यान्सर अस्पताल चितवनका डा टोसिमा कार्कीले जतिसक्दो उहाँलाई सहयोग पुग्नेगरी उपचार गरिने बताउनुभयो । रासससँग कुरा गर्दै डा कार्कीले भन्नुभयो, “पीडित पुम्फाको क्यान्सरको स्टेज हेर्छौं । किमो थेरापी, रेडियो थेरापी गर्छौं । यहाँ पुग्ने बित्तिकै उपचार सेवामा प्राथमिकता दिन्छौँ ।”