१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवर्तमान मन्त्री खरेलद्वारा ललितपुर क्षेत्र नं २ मा उम्मेदवारी दर्ता



अ+ अ-

ललितपुर। निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँले ललितपुरको सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

खरेल गत भदौ २३ र भदौ २४ गतेको गतेको जेनजी आन्दोलनपछि बनेको गैरदलीय नागरिक सरकारमा मन्त्री बन्नुभएको थियो भने सोमबार साँझ मन्त्री पदबाट राजिनामा दिएर चुनावी मैदानमा होमिनुभएको हो ।

यसैगरी यहाँ नेकपा (एमाले) का तर्फबाट निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेम महर्जन र नेपाली कांग्रेसका तर्फबाट प्रेमकृष्ण महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीकातर्फबाट राजेन्द्र अमात्य, उज्यालो नेपाल पार्टीबाट राजाराम तण्डुकार, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट कृष्ण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापा, नेकपा (माओवादी)बाट अष्टराज बज्राचार्य, नेमकिपाबाट चिरीमैयाँ महर्जन, नेकपा (संयुक्त) का रमेश आचार्य, राष्ट्रिय मुक्ति पार्टीका डोलेन्द्रराज भट्टराई र मङ्गोल नेशनल अर्गनाइजेसनका कृष्ण महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिनुहुँदै निवर्तमान मन्त्री खरेलले नागरिकमा छाएको निराशालाई सम्बोधन गर्दै युवालाई देशभित्रै अवसर र रोजगारीको सिजना गर्नका लागि कानुनी र नीतिगत प्रबन्धमा योगदान गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । रासस




भर्खरै