६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमकका मेयरले पाेखे केपी ओलीसँग दुखेसो : जसले मेरो घर जलाए उनीहरुले नै बालेनलाई घर भाडामा लगाएका छन्



अ+ अ-

दमक, माघ ६ । दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २४ गते जलेको आफ्नो घर देखाउनु भएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराउन झापा पुगेका ओलीलाई थापाले आज आफ्नै जलेको निवासस्थलमा लगेर घटना बारे जानकारी गराउनुभएकाे हो। जलेको घर देखाउँदै थापाले भन्नुभयाे, ‘जसले मेरो घर जलाए, उही अहिले आफ्नो घर बालेनलाई कार्यालय राख्न दिएका छन्।’

यसप्रति एमाले अध्यक्ष ओलीले जवाफ दिनुहुँदै भन्नुभयाे, ‘यिनीहरू एउटै खालका हुन्।’

झापा–५ बाट प्रतिनिधि सभा निर्वाचन लड्न बालेन पनि दमक पुग्नु भएकाे छ। उहाँले निर्वाचन प्रचारका लागि दमकमा घर भाडामा लिनु भएकाे छ ।