३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञान निकेतनको दोश्रो जित



अ+ अ-

काठमाडौं । आयोजक ज्ञान निकेतनले १९ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजमा बुधबार दोश्रो जित हात पारेको छ । ज्ञान निकेतनले ट्रिनिटीलाई ६२–४४ ले पराजित गर्दै लगातार दोश्रो जित हात पार्यो । ज्ञान निकेतनका नयेन्द्र परियारले १७ अंक जोडे । प्लस टु ब्वाइजमै जेभियर इन्टरनेसनल कलेज, न्यु जेनिथ, रिलायन्स इन्टरनेसनल एकेडेमी, मोर्गन इन्टरनेसनल कजेज र नोबेल एकेडेमी विजयी भए ।

जेभियरले रोजबडलाई ६३–३२ को फराकिलो अन्तरले हरायो । विजयी टिमका लागि लियुश केसीले २० अंक जोडे । न्यु जेनिथले चाणक्यलाई ३५–२१ ले पाखा लगायो । न्यु जेनिथका अजय घलेले १३ स्कोर गरे । रिलायन्सले बर्न हार्टमाथि २२–२० को कठिन जित दर्ता गर्यो । रिलायन्सका लोकमान गुरुङले १४ अंक बटुले ।

त्यस्तै मोर्गनले इन्साइट भिजनलाई ३८–२४ ले पन्छायो । मोर्गनका प्रसिद्ध गुरुङले ११ अंक जोडे । ग्लेसियर विरुद्धको खेलमा नोबेल ३१–२२ ले विजयी भयो । नोबेलका आयुश भण्डारीले १४ स्कोर गरे ।