३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रे को क्वार्टरफाईनलमा रियल मड्रिड



अ+ अ-

कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा रियल मड्रिडले प्रवेश पाएको छ । रियलले रियल जारागोजामाथि ४–० को सहज जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल रहेको हो । राफेल भरानो र लुकास भाजक्वेजले पहिलो हाफमा एक एक गोल गर्दै रियललाई २–० ले अघि बढाएका थिए ।

दोस्रो हाफमा भिनिसियस जुनियर र वैकल्पिक खेलाडीको रपमा मैदान छिरेका करिम बेन्जिमाले समान एक एक गोल गर्दै रियललाई सहज जित दिलाएका हुन् । लिगको शीर्ष स्थानमा भने रियल स्पेनिस छ । स्पेनिसले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको छ ।

रियलले मड्रिड डर्बीमा आगामी शनिबार एट्लेटिकोसंग खेल्नेछ । जिनेदिन जिदान नेतृत्वको टिमले सहज जित निकाल्दै सो खेल अगाडी आफुलाई तयार बनाएको छ ।