३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च कपको अन्तिम आठमा ‘पीएसजी’



अ+ अ-

फ्रेन्च कप फुटबलको क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रवेश पाएको छ । बुधबार राति भएको अन्तिम १६ को खेलमा पीएसजीले पाउलाई २–० गोल अन्तरले हराएर क्वाटरफाइनलको सिट पक्का गरेको हो ।

तेस्रो डिभिजन क्लब पाउको मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन लिन्ड्रो द्यानीयल पारेडेस र पाब्लो साराबियाले एक एक गोल गरेका थिए । खेलको २५ औं मिनेटमा द्यानीयलको गोलबाट पीएसजीले अग्रता बनाएको थियो । त्यसपछि खेलको ५३ औं मिनेटमा साराबियाले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए ।