३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन प्रिमियर लिग शुक्रबारदेखि



अ+ अ-

चितवन । चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि शुक्रबारदेखि यही माघ २५ गतेसम्म नारायणगढको क्याम्पाचौरमा पहिलो पटक चितवन प्रिमियर लिग गर्न लागिएको हो ।

नारायणी एडभर्टाइजिङ एन्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट सङ्घको सहआयोजनामा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा जिल्लाका पाँच टिम भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्यान्ड्स र राप्ती र्यापिडसको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी ९अन्डर १९० अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुई लाख, ट्रफी, मेडल र उपविजेताले रु एक लाख, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई म्यान अफ दि सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट अलराउण्डरको पुरस्कार प्रदान गरिने छ । यस्तै प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले चितवनमै क्रिकेट रङ्गशाला बनिरहेको अवस्थामा यस प्रतियोगिताले चितवनको क्रिकेट विकासलाई थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।