१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा सामूहिक बलात्कार: नौ आरोपी पक्राउ



अ+ अ-

काठमाडौ  । महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो । 
    
उहाँका अनुसार घटनाबारे मङ्गलबार अपराह्न ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परेलगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे एक जनालार्ई पक्राउ गरेको थियो । उनीसँगको बयान र थप अनुसन्धानका क्रममा त्यसको तीन घण्टापछि गएराति ११ बजेसम्ममा सात जना नियन्त्रणमा लिएको मैनालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार थप खोजतलासका क्रममा आज बिहान ९ बजेतिर एक जना र अपराह्न ४ बजे थप एक गरी अहिलेसम्म नौ जना आरोपी पक्राउ परेका छन् । उनीहरुले एक गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको पीडितको आरोप छ । उनको स्वास्थ्य परीक्षणसमेत गरिएको र घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । सबैले घटना स्वीकार गरको पनि प्रहरीले जानकारी दिएको छ । रासस