१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था स्थापना गर्ने भन्दै ५० लाख म्यासेज गर्ने निर्देश सेढाईं पक्राउ



अ+ अ-

काठमाडौँ । प्रदेश संरचना खारेज गरी सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै मोबाइलमा सामूहिक सन्देश पठाएको आरोपमा प्रहरीले चितवनका ३४ वर्षीय निर्देश सेढाईंलाई पक्राउ गरेको छ। उनलाई मंगलबार राति काठमाडौँको हात्तीसारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

गाडी व्यवसाय गर्दै आएका सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ मार्फत करिब ५० लाख एसएमएस पठाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनले ५० लाख मानिसलाई सन्देश पठाएको स्वीकार गरेको प्रहरीले जनाएको छ।

सेढाईंले पठाएको सन्देशमा प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित संरचनासहितको सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गरिएको थियो। साथै, पुस ३० गते दिउँसो १२ बजे निषेधित क्षेत्र बालुवाटारमा उपस्थित हुन आग्रह गरिएको थियो।

सन्देशमार्फत जनतालाई आतङ्कित पारेको आरोपमा सेढाईंमाथि सार्वजनिक हितविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।