८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिकमका कर्मचारीप्रति मन्त्री बास्कोटाको यस्तो आक्रोश ‘हिसाब किताब राम्रै गर्छु’



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा आन्दोलनरत कर्मचारीहरुसँग हिसाब किताब राख्ने चेतावनी दिएका छन् । उनले राजनीति गर्ने भए पार्टी कार्यालयमा जान निर्देशन समेत दिए । पहेंलो रंगको कागजलाई टोपी जस्तो बनाइ लगाएर समारोहमा उपस्थित भएका आन्दोलनरत कर्मचारीहरुतर्फ हेर्दै मन्त्री बास्कोटाले भने, ‘स्यान्टा क्लज जस्तो बनाएर उभिनु भएको छ । राजनीति गर्नु छ भने पार्टी कार्यालय जानुस् । संस्थाभित्र चल्दैन ।’

नेपाल टेलिकमको विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।बुधबारको १६ औं वार्षिक उत्सव समारोहमा पनि कर्मचारीहरुले प्रदर्शन गरेका थिए । राजनीतिका लागि गरिने राजनीति जसरी भए पनि पराजित गर्ने दृढता व्यक्त गर्दै मन्त्री बास्कोटाले भने, ‘यो विनाशकारी सोच हो, यो सोच त्याग्नुपर्छ । यसको हिसाबकिताब पनि म राम्रै गर्छु । अराजकता सहिन्न ।’ उनले विनियमावली सरकारले बनाउने नभइ लोक सेवा आयोगले बनाउने स्पष्ट पारे ।

कुनै पनि संस्थाको वार्षिक उत्सव आमाको जन्मोत्सव जस्तै भएको भन्दै मन्त्री बास्कोटाले कर्मचारीहरुलाई भने, ‘आमाको जन्मोत्सवमा त खुसी हुने हो, शंख बजाउने होइन । संस्थालाई माया गर्नुस् ।’ उनले राजनीति गरिरहे टेलिकम पनि टिम्बर कर्पोरेसन र गोरखकाली टावर उद्योग जस्तै धरासायी हुने र कर्मचारीहरु थोरै सेवा सुविधा लिएर बाहिरनु पर्ने चेतावनी दिए । आन्दोलन छाडेर सुधारमा ध्यान दिन सुझाव दिँदै मन्त्री बास्कोटाले कर्मचारीहरुलाई भने, ‘आज बेलुका सांगीतिक प्रस्तुतिसहितको पार्टी छ, त्यो पार्टीमा आउनुहोला ।’