२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

यशको फिल्म ‘टक्सिक’ विवादमा, टिजरलाई लिएर सेन्सर बोर्डमा उजुरी दर्ता

यशको फिल्म ‘टक्सिक’ विवादमा, टिजरलाई लिएर सेन्सर बोर्डमा उजुरी दर्ता
अ अ+ अ-

एजेन्सी । यश अभिनीत फिल्म ‘टक्सिकः ए फेयरी टेल फर ग्रोन–अप्स’ विवादमा परेको छ। फिल्मलाई लिएर सामाजिक अभियन्ता दिनेश कल्लाहल्लीले केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी) मा उजुरी दर्ता गराएका छन्। उनले टीजरमा समावेश केही दृश्यहरू अश्लील, आपत्तिजनक र नैतिक मूल्यविरुद्ध रहेको आरोप लगाएका छन्।

एएनआईको रिपोर्टअनुसार सीबीएफसीका अध्यक्ष प्रसून जोशीलाई बुझाइएको उजुरीमा सामाजिक अभियन्ताले ‘टक्सिक’ को टीजरमा अत्यधिक अश्लील, यौन रूपमा स्पष्ट र भल्गर दृश्यहरू रहेको बताएका छन्। ती दृश्यहरू खुलेआम सामाजिक सञ्जालमा उपलब्ध हुँदा बालबालिका र युवाहरूले पनि यस्ता सामग्री हेर्न बाध्य भएको र यो कानून तथा समाज दुवैका लागि उचित नभएको उनको भनाइ छ।

अभियन्ताको दाबीअनुसार उक्त टीजर अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा बाहिर गएको छ। उनले सर्वोच्च अदालतका विभिन्न फैसलाहरूको उल्लेख गर्दै अश्लील र यौन रूपमा स्पष्ट सामग्रीलाई संवैधानिक संरक्षण नहुने बताएका छन्।

उनले सिनेमाटोग्राफ ऐन १९५२, फिल्म प्रमाणन नियमहरू तथा सीबीएफसीका मार्गनिर्देशनहरूको पनि सन्दर्भ दिएका छन्। उनका अनुसार फिल्म, ट्रेलर तथा प्रचार सामग्रीहरूमा शालीनता, नैतिकता र सामाजिक जिम्मेवारीका मापदण्ड पालना गर्नुपर्छ। त्यसैले टीजरको समीक्षा गरी आपत्तिजनक दृश्य हटाउन माग गरिएको छ।

उजुरीमा सीबीएफसीसँग टीजर पुनरावलोकन गर्न, आपत्तिजनक दृश्य हटाउन र त्यसको प्रसारणमा रोक लगाउन माग गरिएको छ। साथै ‘टक्सिक’ फिल्मसँग सम्बन्धित निर्देशक, निर्माता तथा जिम्मेवार व्यक्तिहरूविरुद्ध कानून र नियमअनुसार आवश्यक कारबाही गर्न पनि अपिल गरिएको छ।

उजुरीमा यो विषय सार्वजनिक नैतिकता, बालबालिकाको सुरक्षा र कानून पालनसँग जोडिएको भएकाले तुरुन्त ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।

फिल्मका निर्माताहरूले भने हालसम्म यस उजुरीबारे कुनै प्रतिक्रिया दिएका छैनन्। यस्तै, आम आदमी पार्टी (आप) को महिला विंगले पनि यस विषयमा उजुरी दर्ता गराएको छ।

‘टक्सिक’ को टीजर जनवरी ८ मा सार्वजनिक गरिएको थियो। टीजरमा यशको पात्रलाई कारभित्र एक महिलासँग बोल्ड दृश्यमा देखाइएको छ। यही दृश्यलाई लिएर विवाद चर्किएको हो।

पार्टीको आरोप छ कि टीजरमा देखाइएको दृश्य अश्लील छ, जसले महिलाको गरिमामा आँच पुर्‍याउँछ। साथै यसले बालबालिका र समाजमा नकारात्मक प्रभाव पार्ने बताइएको छ। महिला विंगले टीजर सामाजिक सञ्जालबाट हटाउन र भविष्यमा यस्ता सामग्रीमाथि कडा कानून बनाउन माग गरेको छ।

यशका अघिल्ला दुई फिल्म ‘केजीएफ’ र ‘केजीएफ २’ सुपरहिट भएका थिए। तर यसपटक उनको यात्रा सहज देखिँदैन। यशको फिल्म ‘टक्सिक’ मार्च १९ मा ‘धुरन्धर २’ सँगै रिलिज हुँदैछ।

‘धुरन्धर’ को पहिलो भाग सुपरहिट रहँदै विश्वभर १२५० करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको छ र अझै पनि प्रदर्शनमा छ। यस्तो अवस्थामा दुवै फिल्म एकै दिन रिलिज हुँदा ‘टक्सिक’ लाई कडा प्रतिस्पर्धा सामना गर्नुपर्ने देखिन्छ।

यश मूल रूपमा कन्नड अभिनेता भए पनि उनको गृह राज्य कर्नाटकमै फिल्मविरुद्ध विरोध देखिनु थप चुनौतीको विषय बनेको छ।