१९ असार २०८३, शुक्रबार
,
Latest
उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी ‘एआई फर गुड ग्लोबल समिट’मा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक जना पक्राउ धानको बीउमा मरुवा रोगको समस्या ‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’ कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा… केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित बैतडीमा बस दुर्घटना, १७ जना घाइते राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको नेतृत्वमा सर्वपक्षिय गोलमेच सम्मेलन गर्नुपर्छः गोपालमान श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्नको लागि सर्वपक्षिय गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेसको विशेष महाधिवेशनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले जेन–जी, नयाँ उदाएका शक्ति र राजनितिक दलको बीचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभएको हो । उक्त सम्मेलनको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्ने उहाँको भनाई छ । उहाँले अहिले राष्ट्रिय एकताको खाँचौ औल्याउनुभयो । कांग्रेसको नेतृत्वमा सबैलाई लिएर अगाडी बढ्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘सर्वसम्वत, सर्वदलिय जेनजीदेखी लिएर धेरै शक्तिहरु अहिले आएको छ, उनीहरुको गोलमेच सम्मेलन नेपाली काँग्रेसले गर्नुपर्छ । सबैलाई लिएर नेपाली काँग्रेसले नेतृत्व लिएर अगाडी बढ्नुपर्छ । यो महाधिवेशनले आफ्नो विधिविधानअनुसार निर्णय गर्नुपर्छ । त्यो निर्णयलाई काँग्रेसको विधान अनुसार त्यसलाई मान्नुपर्छ । राष्ट्रिय एकताको खाँचो छ ।’

उहाँले विशेष महाविधेशनले विधानअनुसार निर्णय गर्नुपर्ने बताउनुभयो । विशेष महाधिवेशनले गरेको निर्णय सबैले मान्नुपर्ने उहाँको भनाई छ ।