४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ

कास्कीमा अघि बढ्यो निर्वाचन प्रहरी छनोटको प्रक्रिया

कास्कीमा अघि बढ्यो निर्वाचन प्रहरी छनोटको प्रक्रिया
अ+ अ-

गण्डकी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा दुई हजार ३०३ जना निर्वाचन प्रहरी खटाइने भएको छ । निर्वाचन प्रहरी भर्नाका लागि आगामी माघ १ गतेभित्र दरखास्त माग गरिएको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले जनाएको छ ।

समितिका सदस्यसचिव एवं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले निर्वाचन प्रहरीमा भर्नाका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गणमा दरखास्त बुझाउन सकिने बताउनुभयो ।

निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइने भएको छ ।

अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न जान्ने व्यक्तिले निर्वाचन प्रहरीका लागि दरखास्त दिन पाउने सहायक प्रमुख अधिकारी बरालले जानकारी दिनुभयो । आगामी माघ ५ देखि १० गतेभित्र छनोट प्रक्रिया सकिने र १२ गते नतिजा प्रकाशन गरिने उहाँको भनाइ छ । आगामी माघ १५ देखि २४ गतेसम्म निर्वाचन प्रहरीलाई प्रशिक्षण दिइने भएको छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ ।

निर्वाचन प्रहरीले ४० दिनको रु ३४ हजार ७७६, खाद्यान्न र पोसाक बापतको रकम, तयारी खर्च रु ८४६ र चार दिनको खाजा खर्च रु एक हजार २०० उपलब्ध गराइने छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्त गर्नेछ ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन तयारी अगाडि बढाएको छ । कार्यालयले कुनै व्यक्ति वा समूहसँग अवैध हातहतियार भएमा आगामी माघ १५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक रूपमा सूचित गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण सम्पन्न गर्न कार्यालयले उक्त आग्रह गरेको हो । तोकिएको समयमा हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाइएको छ ।