१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’

बालुवाटार जग्गा प्रकरण: पौडेल र न्यायाधीश रेग्मीको पनि जग्गा खिचियो

बालुवाटार जग्गा प्रकरण: पौडेल र न्यायाधीश रेग्मीको पनि जग्गा खिचियो
अ अ+ अ-

अख्तियारको बयानमा पौडेल र रेग्मीले सरकारको जग्गा भए आफूहरू फिर्ता दिन तयार रहेको भन्दै मञ्जुरीनामा दिएपछि सो जग्गा खिच्न सरकारलाई सिफारिस गरेको थियो । अख्तियारको सिफारिससँगै अदालती प्रक्रिया सुरु नहुँदै सरकारले सो जग्गा आफ्नो नाममा खिचेको हो ।

काठमाडौं । सरकारले बालुवाटारको सरकारी जग्गामा रहेको नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको जग्गा आफ्नो नाममा नामसारी गरेको छ । सो जग्गाका विषयमा अख्तियारले मुद्दा नचलाउनू भनेर भनेपछि विवादमा परेको थियो । विवादका बीच मालपोत कार्यालयले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको निर्देशनमा फिर्ता गराएको हो । मन्त्रालयको निर्देशनमा डिल्लीबजार मालपोत कार्यालयले शुक्रबार नै पौडेल र रेग्मीको १६ आना जग्गा सरकारको नाममा खिचेको हो । उनीहरू दुई जनाको मात्र अहिले जग्गा खिचेको स्रोतले जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । अख्तियारको बयानमा पौडेल र रेग्मीले सरकारको जग्गा भए आफुहरु फिर्ता दिन तयार रहेको भन्दै मञ्जुरीनामा दिएपछि सो जग्गा खिच्न सरकारलाई सिफारिस गरेको थियो । अदालती प्रक्रिया सुरु नहुँदै सरकारले सो जग्गा आफ्नो नाममा खिचेको हो । स्रोतका अनुसार मुख्यसचिव लोकदर्शन रेग्मीको विशेष पहलमा जग्गा फिर्ता लिने निर्णय भएको छ । शुक्रबार मुख्यसचिव रेग्मीले नै भूमिसुधार मन्त्रालयका सचिव सूर्य गौतमलाई बोलाएर सरकारका नाममा जग्गा फिर्ता गराउन निर्देशन दिएको स्रोतले दाबी गरेको छ ।

रेग्मीको निर्देशनपछि शुक्रबार नै सचिव गौतमले मालपोत कार्यालय डिल्लीबजारका प्रमुखलाई पौडेल र रेग्मीका नाममा कायम भएको जग्गा सरकारका नाममा ल्याउन निर्देशन दिएका हुन् । उनको निर्देशनसँगै शुक्रबारै सबै प्रक्रिया पूरा भएको छ । अदालती प्रक्रिया पूरा नगरी व्यक्तिको जग्गा सरकारीकरण गर्न मञ्जुरीनामा दिनुले शंका उब्जाउने ठाउँ भेटिएको केहीले तर्क गरेका छन् । अहिलेसम्म कानुनीरूपमा त्यो जग्गा व्यक्तिकै नाममा रहेको छ । अख्तियारले मुद्दा मात्र दायर गरेकाले त्यो नै अन्तिम निर्णय भने होइन । अदालतले आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र त्यो सरकारी भए सरकारको नाममा र व्यक्तिको भए व्यक्तिको नाममा गराउन आदेश दिन्छ ।

तर, आदेश अगावै जग्गा फिर्ता गर्नुले आशंका उब्जिएका हुन् । पौडेलले भूमाफिया किटान गरिएका डा. शोभाकान्त ढकाल र अधिवक्ता रामप्रसाद सुवेदीकी श्रीमतीको नाममा रहेको जग्गा किनेको देखिएको छ । ढकाल र सुवेदीलाई पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको सरकारी जग्गा छानबिन समितिले ’भूमाफिया’ भनेरै किटान गरेको छ । यिनै भूमाफियाद्वयले माया प्रजापति मोही रहेको जग्गालाई आफ्ना पत्नी उमाकुमारी ढकाल र माधवी सुवेदीको नाममा सँगोलनामा गरिदिएको देखिन्छ ।

तीन जनाको सँगोलमा रहेको उक्त जग्गाबाट प्रजापतिको नाममा रहेको हिस्सालाई फेरि उनीहरूले मचाबाबु प्रजापतिको नाममा सारिदिए । यी मचाबाबुलाई पनि ढकाल र सुवेदीले माया प्रजापतिजस्तै नक्कली मोही खडा गरेका थिए । पछि उनीहरूले मचाबाबुलाई पनि जग्गाको स्वामित्वबाट हटाउँदै ढकाल र सुवेदीले आफ्ना पत्नीहरूको नाममा ल्याए । तर, मचाबाबुको नाममा सारिएको हिस्सा खारेज गरिए पनि कुन आधारमा खारेज गरेको भनेर खुलाइएको छैन । गायब पारिएका फाइलबाट जग्गा कित्ता पहिचान गर्ने क्रममा रोक्का राखिएका जग्गाधनीहरूमा प्रजापतिको नाममा हाल कुनै पनि कित्ता देखिँदैन ।

प्रजापति हुँदै ढकाल र सुवेदी पत्नीमा आएको स्वामित्व परिवर्तन हुँदै आएको सोही जग्गा नेकपा महासचिव विष्णु पौडेल पुत्रको नाममा परिवर्तन भएको देखिन्छ । पौडेलको नाममा कित्ता नम्बर ३०९ र ३१५ को जग्गा २०६१ पुस २९ मा आएको देखिन्छ ।न्यायाधीश रेग्मी कानुन व्यवसायी रहँदा बालुवाटारको तीन कित्ता जग्गा खरिद गरी त्यसलाई ससाना टुक्रा बनाएर बेचेका थिए । उनले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २०६१ माघ ११ मा कित्ता नम्बर ४४, ४६ र १६५ को जग्गा किनेका थिए ।

जग्गा किन्नुको कारण भाटभटेनीको कानुनी सल्लाहकार हुँदाको शुल्क लिन बाँकी रहेको र गुरुङ व्यापारी भएकाले फाइदा होला भनेर किनेको उनले दाबी गर्दै आएका छन् । तर, उनले जग्गा किन्दा र बेच्दाको समय यो प्रकरणका मुख्य भूमाफिया शोभाखर ढकालसँग मिल्छ । उनले जग्गा किनेका मीनबहादुरसहित उनका परिवारका आठै जना यो प्रकरणमा अभियुक्त बनेका छन् । सौर्य दैनिकबाट