३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नेपाललाई ओमानसंग बदला लिने सुनौलो अवसर



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज (आईतबार) नेपालले तेस्रो खेलमा ओमानसंग प्रतिस्पर्धा गर्नेछ । तीन दिन अघि नेपालले ओमानसंग खेल्दै सिरिजको सुरुवात गर्दा १८ रनले पराजित भएको थियो । नेपाल पहिलो खेलको बदला लिन चाहान्छ । ओमान शीर्ष स्थानमा पुग्न नेपाललाई पराजित गर्ने लक्ष्यमा हुनेछ । ओमान लिगको दोस्रो स्थानमा रहेको छ । उसले ८ खेलमा ६ जितका साथ १२ अंक जोडेको छ । समान अंक रहेको अमेरिका नेट रनरेटमा ओमान भन्दा अघि छ ।

यता नेपाल भने २ खेलमा १ जित निकाल्दै २ अंक सहित तालिकाको पुछारबाट दोस्रोमा छ ।नेपालले ओमानलाई पछिल्लो ७ वर्षदेखि पराजित गर्न सकेको छैन । हालसम्म नेपाल र ओमान एकदिवसीयमा ८ पटक आमने सामने भएका छन् । जसमा नेपालले सुरुवाती तीन खेल जितेको छ । पछिल्ला ४ खेलमा नेपाल पराजित छ ।

ओमानविरुद्ध मैदान उत्रदै गर्दा अघिल्लो खेलमा गरेको गल्ती नदोहर्याउने योजना रहेको कप्तान ज्ञानेन्द्र मल्लले बताए । सिरिजमा नेपाल र ओमानको यो अन्तिम खेल हो । एक सिरिजमा एक टिमले ४ खेल खेल्ने छन् ।खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।