३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनायकलाई प्याब्सक कप उपाधि



अ+ अ-

काठमाडौं । विनायकले चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा विनायकले विट्स एकेडेमीलाई ६–२ गोलले पराजित गर्यो । विनायकका ‘म्यान अफ द म्याच’ स्कन्द पोखरेलले ४ गोल गरे । सतिश थापा र नितिश सहनीले १–१ गोल थपे । विट्स एकेडेमीका साम्देन तामाङ र रिसोप प्रधानले १–१ गोल फर्काए ।

लुम्बिनी एकेडेमीको मुख्य प्रायोजनमा चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा तेश्रो स्थानका लागि भएको खेलमा सगरमाथाले पुष्पलाललाई ३–१ गोलले हरायो । विजेताले १० हजार र उपविजेताले ८ हजार नगद पुरस्कार पाए । तेश्रो हुनेले ७ हजार तथा चौथोले ५ हजार नगद पुरस्कार हात पारे ।विट्सका अशोक मगर उत्कृष्ट खेलाडी, विनायकका युवराज गोर्खाली उत्कृष्ट गोलरक्षक, विनायकका सतिश थापा उत्कृष्ट डिफेन्डर र विनायकका आनन्द क्षेत्री उत्कृष्ट प्रशिक्षक घोषित भए । विनायकका स्कन्द पोखरेल अनुशासित खेलाडी चुनिए भने विट्सका रिसोप प्रधान उदीयमान खेलाडी ठहरिए ।

विजेतालाई प्रदेश सांसद् नरोत्तम वैद्य, आयोजक प्याब्सकका अध्यक्ष गेन्द्र लामा, लुम्बिनी एकेडेमिक फाउन्डेसनका प्रबन्ध निर्देशक रविचन्द्र कोइराला, काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोल, एन प्याब्सनका केन्द्रीय कोषाध्यक्ष प्रताप थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।