१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

आज (बुधवार)को प्रतिनिधिसभाको शून्य समय के भयो ? कसले कुन विषय उठाए ?

आज (बुधवार)को प्रतिनिधिसभाको शून्य समय के भयो ? कसले कुन विषय उठाए ?
अ अ+ अ-

तिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । चीनबाट संक्रमण सुरु भएका कारोना भाइरसका नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभाव, ललिता निवास प्रकरणमा अख्तियारको निर्णय र छुवाछुत लगायतका विषयहरु बैठकमा उठेका छन् । सांसद विद्या भट्टाराईले वविश्वमा कारोनाको जोखिम बढेको सन्दर्भमा विमानस्थलमा राखिएको स्क्यानिङन मेसिनबाट हुने चेकजाँचलाई प्रभावकारी बनाउनुपर्ने बताए । भ्रमण वर्ष २०२० लाई सफल पार्न र विश्वभरी नै नेपालमा कोरोनाको जोखिम छैन् भन्ने सन्देश दिन विमानस्थलमा हुने चेकजाँचर्लाइ कडाई गर्नुपर्ने उनले बताए ।

चीनको वुहानमा रहेका विद्यार्थीहरुलाई स्वदेश फर्काउने सरकारले तयारी गरिरहेको र सबैले यो विषयमा सबैले सरकारलाई आग्रह गरे । सांसद विना कुमारी श्रेष्ठले नेपालको श्रम बजार औपचारिक भन्दा अनौपचारिक रुपम बृद्धि भएको तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । श्रम ऐन जारी भएको लामो समय भएपनि संगठित नरहेका श्रमिकहरुले राम्रो सेवा सुविधा पाउन नसकेको उनले बताए । असंगठित क्षेत्रमा रहेको घरेलु श्रम नराम्रो सँग अगाडी बढीरहेको उल्लेख गर्दै उनले घरेलु श्रमलाई स्थानीय सरकार अन्तर्गत दर्ता गरी व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद विनादेवि बुढाथोकीले सरकारले जनताको आधारभूत स्वास्थ्य अधिकार सुरक्षित गरेको भएपनि अझै देशका धेरे अस्पतालमा निःशुल्क भनेर तोकिएका औषधिहरु उपलब्ध हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद विन्दा पाण्डेले ललिता निवास प्रकरणमा मुद्दा विशेष अदालतमा गएको र अदालतबाट दोषि कोही नछुट्ने र निर्दोष कोही नफस्ने गरी निर्णय हुनेमा आफु ढुक्क रहेको बताए । उनले यति होल्डिङ्सको बारेमा सरकारले गरेका निर्णयहरुको आलोचना भइरहेका बेला सरकारले स्वेतपत्र जारी गरी जानकारी गराउनुपर्ने माग गए । सांसद विमला विश्वकर्माले काभ्रेका अजित मिजारको परिवारले ४ वर्ष सम्म पनि न्याय पाउन नसकेको बताए ।

लास ४ वर्षदेखि टिचिङमा रहेको उल्लेख गर्दै उनले यो कुनै द्वन्दकालिन मुद्धा नभएर अन्तरजातिय विवाह गरेका कारण हत्या भएको र घटनाको विषयमा चित्तबुझ्दो अनुसन्धान गर्नुको साटो उल्टै १० लाख दिन खोजिएको बताए । सांसद विशाल भट्टराईले सर्वाधिक चासोको विषयका रुपमा रहेको ललिता निवास प्रकरणका दोषिहरुलाई कारवाहीको माग गरे । उनले देशभरीको सरकारी जग्गाका विषयमा छानबिन गर्न उच्चस्तरिय समिति बनाएर काम अगाडी बढाउन आग्रह गरे । सांसद विष्णु शर्माले छाउगोठ भत्काउने अभियान सरकारले सुरु गर्नु सराहनिय भएपनि गोठ भत्काउँदैमा कुरीति नहट्ने भएकाले जनचेतनामुलक अभियान सुरु गर्न आग्रह गरे ।

सांसद शशी श्रेष्ठले महिला माथि भएका कुसंस्कृति र कुसंस्कार विरुद्ध केही काम भएपछि राष्ट्रिय महिला आयोग जस्ता संवैधानिक आयोग गठन भएको साढे ४ वर्ष वित्दा पनि पदाधिकारी विहिन हुनु नरम्रो नभएको बताए । राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग लगायत अन्य धेरे संवैधानिक निकायहरुले अझै पूर्णय पाउन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै श्रेष्ठलेसबै आयोगहरुमा पदाधिकारी नियुक्ति गरी सरकारी कामकारवाही प्रभावकारी बनाउन माग गरे । सांसद शान्ता चौधरीले सिंहदरबार प्रवेश गर्न लामो समय कुरेर पास पाइने गरेको बताउँदै निश्चित समय छुट्याएर राष्ट्रिय परिचयपत्रको आधारमा प्रवेशको व्यवस्था गर्नुपर्ने बताए।

आफ्नो राष्ट्रिय परिचय पत्र देखाएर दिनको २ घण्टा भएपनि भित्र प्रवेश गर्ने व्यवस्था गरी जनतालाई सिंहदरबार हाम्रो पनि हो भन्ने आभास दिलाउनुपर्ने बताए । सांसद शेर बहादुर तामाङले सिन्धुपाल्चोकको जुगलमा कोरोना फैलियो भन्ने भ्रम सिर्जना फैलाइएको बताए। त्यहाँ फैलिएको प्रकोपका विषयमा सत्यतथ्य बाहिर ल्याउन उहाँले सरकारको ध्यानाकर्षण गराए । सिन्धुपाल्चोक लगायत नेपाल नै कारोना मुक्त भएको उल्लेख गर्दै तामाङले भ्रमपूर्ण समाचार लेख्ने कुरामा सजगता अपनाउन आग्रह गरे ।

सांसद सरला कुमारी यादवले उपत्यकाको सवारी जामले उपत्यकावासीको दैनिकी नै प्रभावित गरेको बताए । सांसद हिरा गुरुङले ‘सार्वजनिक रुपमा ५ हजार मान्छे मैले मारेको छु’ भन्ने व्यक्तिलाई अहिलेसम्म किन कारवाही नभएको भन्दै प्रश्न गरे । ठूलालाई चैन र सानालाई ऐन भन्ने कुन कानूनमा छ भन्दै उनले सरकारलाई प्रश्न गर्यो । माघ १ गते नेकपा अध्यक्ष दाहालले टुंडिखेलमा भएको एक कार्यक्रममा जनयुद्धका क्रममा ज्यान गुमाएका ५ हजारको जिम्मा आफुले लिने तर बाँकी १२ हजारको जिम्मा सरकारले लिनुपर्ने बताएका थिए ।