१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च कपको सेमिफाईनलमा पीएसजी



अ+ अ-

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाईनलमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा पीएसजी)ले डिजोनमाथि ६–१ को जित हासिल गरेको हो । जित सहित पीएसजी अन्तिम ४ मा प्रवेश गरेको छ । पीएसजीले आफ्नो अपराजित यात्रालाई २२ खेलसम्म लम्ब्याएको छ । वेस्ले लाउटोआको आत्मघाति गोलसंगै पहिलो मिनेटमै पीएसजीले खेलमा अग्रता बनाएको थियो । डिजोनका मौनीर चौईरले १३ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

लगत्तै ईडिन्सन काभानीले पीएसजीलाई अग्रता दिलाउन खोेजेका थिए । तर रेफ्रीले भारमार्फत काभानीको गोल अस्विकार गरे । केलियन एम्बाप्पेले ४४ औं मिनेटमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा अग्रता दिलाए । थिएगो सिल्भाले ५० औ मिनेटमा गोल गर्दै पीएसजीलाई ३–१ ले अघि बढाए । लगत्तै पाब्लो साराबियाले ५५ औ मिनेटमा पीएसजीका लागि चौथो गोल गरे । खेल सकिन चार मिनेट अगाडी सेनु कौलबलीको आत्मघाति गोलसंगै पीएसजी खेलमा ५–१ ले अघि बढ्यो ।

ईन्जुरी समयमा साराबियाले ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई फराकिलो जित दिलाए ।चोटका कारण ब्राजिली स्टार नेयमार खेलमा देखिएनन् । मुख्य प्रशिक्षक थोमस टुचेलका अनुसार उनी च्याम्पियन्स लिगको खेलमा समेत मैदानमा देखिने सम्भावना कम छ । पीएसजी गत बर्ष रेनससंग फाईनलमा पराजित बनेको थियो । तर त्यसअघि पीएसजीले चार पटक फ्रेन्च कपको उपाधि उचालेको थियो ।