८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका गलत क्रियाकलापविरूद्ध कांग्रेसले चरणबद्ध आन्दोलन गर्ने



अ+ अ-

काठमाडौं । सरकारका गलत क्रियाकलापविरूद्ध नेपाली कांग्रेसले चरणबद्ध आन्दोलन गर्ने भएको छ। पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।

सरकारले राजनीतिक पूर्वाग्रह राखेर भिन्न राजनीतिक आस्था राख्ने नेता तथा कार्यकर्तालाई सुनियोजित रूपमा मुद्दा लगाएकाले विरोधका कार्यक्रम गर्ने निर्णय गर्दै कांग्रेसले सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार भइरहेको पनि आरोप लगाएको छ।

‘सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार गर्ने तथा संविधानको मर्म र भावनाविपरीतका विधेयक तथा जनविरोधी क्रियाकलापविरूद्ध चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दछ,’ बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

तर कांग्रेसले विरोधका कार्यक्रम के गर्ने र कहिले गर्ने भन्नेबारे प्रष्ट खुलाएको छैन। उपसभापति विजयकुमार गच्छदारलाई ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा लगाएपछि कांग्रेसले सदन र सडकमा आन्दोलन गरेको थियो।