३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय उमा कुङफुको तयारी



अ+ अ-

काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता फागुन १६ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १८ जिल्लाबाट २ सय खेलाडीको सहभागिता रहने आयोजक उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उपत्यका बाहिरबाट आउने खेलाडी तथा अफिसियललाई खाना र बस्न आयोजकले नै व्यवस्था गर्ने बताइएको छ । सान्डामा २३, प्याटर्नमा १६ र ताइचीमा ४ गरी ४३ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिता सञ्चालन गर्न आयोजक संघका सचिव महेश महर्जनको संयोजकत्वमा ९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । जसअन्तर्गत प्रचार प्रसारमा संघका सदस्य जीवन गुरुङ, स्वास्थ्यमा संघका सदस्य रजदीश नेम्कुल, प्राविधिकमा संघका पूर्व अध्यक्ष एवं उमा कुङफुका सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगर र आर्थिकमा संघका सदस्य अशोक केसीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

प्रतियोगिताका लागि संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामालाई प्याटर्न र ताइची तथा संघका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय कुङफु फेडेरेसनअन्तर्गत नेपालका लागि महासचिव सन्जितकुमार राईलाई सान्डाका लागि प्रमुख जजमा चयन गरिएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धरास्थित ऋत एकेडेमीमा हुने छ ।