१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मेलम्चीमा फेरि नयाँ भाका

मेलम्चीमा फेरि नयाँ भाका
अ अ+ अ-

काठमाडौं । २०४८ सालको निर्वाचनको चुनावी घोषणामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौंमा मेलम्चीको पानी ल्याउने घोषणा गरेका थिए । त्यस यताको निर्वाचनमा मेलम्ची खानेपानी सबै दलको साझा एजेन्डा बन्ने गरेको छ । तर, त्यही मेलम्चीको कुरा गरेको लामो समय भयो । सरकार र मन्त्रीले पटक पटक बहुचर्चित मेलम्चीबाट १७ करोड लिटर पानी दैनिक रूपमा काठमाडौं ल्याउने भाका दिए । २८ वर्ष बित्यो अझै पानी काठमाडौं आएन । वर्तमान सरकारले पनि पटक पटक मेलम्चीको पानी काठमाडौं झार्ने दावीसहित मिति नै तोक्यो । तर, त्यो पनि असफल हुँदै आएको छ ।

अहिले फेरि सरकारले मेलम्चीको पानी काठमाडौं ल्याउने नयाँ भाका तोकेको छ । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले आउँदो असारभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने दावी गरिन् । मन्त्रालयमा बिहीबार मेलम्ची खानेपानी आयोजनाको श्वेतपत्र जारी गर्दै उनले असार मसान्तभित्र दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने मन्त्रालयको योजना रहेको उल्लेख गरिन् । खानेपानी मन्त्री मगरले आयोजनाले अहिलेसम्म विभिन्न समस्या बेहोर्न परेको बताउदै भनिन्, ‘ठेकेदार समस्या, मजदुर समस्या र स्थानीय समस्या गरी धेरै प्रकारका समस्या बेहोर्दै आएको आयोजना अब सम्पन्न हुने मुखमा पुगेको छ ।’

इटालियन कम्पनी सीएमसी आयोजना छाडेर भागेपछि सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिइएको थियो । चिनियाँ कम्पनीले निर्माणको जिम्मेवारी पाएपछि काम तीवरूपमा अघि बढेको मन्त्रालयले जनाएको छ । असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने योजनालाई प्रभावकारी बनाउन मन्त्रालयले नियमित अनुगमन गरिरहेको समेत जनाएको छ । आयोजना प्रमुख तेजकुमार खत्रीले आवश्यक ठाउँमा आवश्यक संख्यामा कर्मचारी खटाएर निर्माणको काम तीव्र पारिएको जानकारी दिए ।

उनका अनुसार समग्रमा मेलाम्ची आयोजनाको ९४ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यस्तै, हालसम्म २७ अर्ब ९४ करोड ९९० प्रतिशत० रकम खर्च भएको जानकारी आयोजनाले दिएको छ । सिनो हाइड्रोले आगामी पुससम्म सक्नेगरी जिम्मा लिएको भएपनि बोनस पाउने आसमा असार मसान्तमै सक्ने दाबी खत्रीले गरे । उनले भने, ‘कम्पनीले छिटो काम सके बोनस दिने गरी सहमति भएको छ । सोहीकारण असार मसान्तभित्रै काम सकिनेमा हामी आशावादी छौँ ।’ सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने मेलम्ची खानेपानी विकास समितिले पनि जनाएको छ ।

हेडवक्र्स निर्माणको सम्झौता अवधि १५ महिनाको भएकाले हाललाई अस्थायी डाइभर्सन गरी असारमा ल्याउन लागिएको हो । सिनो हाइड्रोले कामलाई तीव्र बनाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । कम्पनीले तोकिएको समयभन्दा अगावै सम्पन्न गरी बोनस पाउनेगरी काम गरिरहेको उनको भनाइ छ । प्रवक्ता पन्तले भने, ‘काम द्रुतगतिमा भएको छ, कामको प्रगति राम्रो छ, बोनस खानेगरी कम्पनीले कम गरेको छ, अहिलेसम्म हेर्दा बोनस खाने संकेत देखिएको छ, यसको मतलब तोकिएको समय अगावै काम सकिन्छ ।’

सम्झौताअनुसार ६६ दिनअघि काम सम्पन्न गरे कुल सम्झौताको १० प्रतिशत बोनसको व्यवस्था छ । दैनिक शून्य दशमलव ०१५ प्रतिशत हुन आउँछ । समय अगावै काम सके दिनको शून्य दशमलव ०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी सम्झौता छ । कम्पनीले छिटो काम सके दैनिक १२ लाख ७५ हजार रुपियाँ प्रोत्साहन भत्ता पाउने छ । काममा ढिलाइ भए कम्पनीले दैनिक १२ लाख ५० हजार रुपियाँका दरले जरिवाना तिर्नुपर्नेछ । गत असोज २४ गते हेडवक्र्स निर्माणका लागि समितिले हाइड्रोसँग सम्झौता गरेको थियो ।

हेडवक्र्स निर्माण गर्न एक अर्ब दुई करोड रुपियाँको सम्झौता भएको हो । काम सुरु भएको एक वर्षमा निर्माण सक्नुपर्ने सम्झौता छ । सुरुङ फिनिसिङको काम पनि हाइड्रोले गर्नेछ । काम सुरु भएको एक वर्षमा सम्पन्न गर्ने गरी ८५ करोड रुपैयाँमा सम्झौता भएको थियो । कम्पनीले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ, अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरूको मर्मत लगायतका काम गर्नेछ ।

दोस्रो सम्झौताअनुसार हेडवक्र्सतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ प्रणाली जडानलगायतका काम कम्पनीले गर्दैछ । सौर्य दैनिकबाट