२८ श्रावण २०८३, बिहीबार
,
Latest
परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि र परिणाममुखी हुनुपर्छः सभापति उदास परराष्ट्र नीतिलाई नयाँ ढङ्गले पुनर्परिभाषित गर्नुपर्छः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा पत्रकारहरूको धर्ना (फाेटाे फिचर) सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा एक जनाको मृत्यु दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई कोशी टप्पुमा बढ्दो पर्यटक आकर्षण, दुर्लभ अर्ना र प्रवासी चराचुरुङ्गी मुख्य आकर्षण सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन रोल्पामा पहिरोः मृत्यु हुनेको संख्या तीन पुग्यो, नौ जना अझै बेपत्ता आजदेखि विधिवत् सुरु भयो नेवार समुदायको धार्मिक पर्व ‘गुँला’ (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार आफैँ निर्वाचन बिथोल्न लागि परेको छः रघुवीर महासेठ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले सरकार आफै निर्वाचन बिथोल्ने काम लागि परेको आरोप लगाउनुभएको छ ।

आईतवार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उपमहासचिव महासेठले जेन–जी आन्दोलनपछि लुटिएका हतियार र  भागेका कैदीबन्दीहरु फिर्ता नभएबाट पनि सरकार चुनाव गराउन नलागेको पुष्टि हुने उहाँको दावी थियो । उपमहासचिव सेठले जुनसुकै बेला पनि निर्वाचनमा भाग लिन भने तयार रहेको बताउनु भयो । उहाँले प्रतिनिधिसभा पुनःस्थापना हुने विगतको नजिरअनुसार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धि फैसला गर्नुपर्ने जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अहिले जानी नजानी यो सरकार आफै निर्वाचन बिथोल्न प्रक्रियामा अघि बढिरहेको छ । २३ र २४ गते लुटिएका हजारौँ हजार सुरक्षा निकायका हतियारहरु बाहिर छन् । कैदीहरु बाहिर छन । लुटिएका हतियारमध्ये ५० प्रतिशत पनि फिर्ता भएको छैन । भागेका कैदीहरुमध्ये बहुसंख्यक बाहिरनै छन । यस्तो स्थितिमा चुनाव कसरी गराउन सकिन्छ ? बाहिर रहेका कैदीहरु र हतियारहरु कसको विरुद्धमा प्रयोग हुन्छ ? त्यो एउटा छलफलको विषय हुनसक्छ । सोचनीय विषय हुन सक्छन् । त्यसैले नेकपा (एमाले) हामी सम्माननीत सर्वोच्च अदालतको आदेश पनि पर्खिरहेका छौ । हामी चुनावबाट भाग्दैनौ । चुनाव भएको खण्डमा चुनावमा हामी भाग लिन्छौँ नै । तर हाम्रो माग के छ भने संविधानमा भएका दफा, उपदफालाई सम्माननीय सर्वोच्च अदालतले ध्यान दिनुपर्दछ । संसद विघटनपछि अदालतले जुन नजिर स्थापित गरेको थियो । त्यही नजिर फेरी पनि कायम होस । पहिलाकै जस्तो निर्णय होस् ।’

उपमहासचिव महासेठले संघीयता, लोकतन्त्र, गणतन्त्रसहितको संविधान रक्षाका लागि एमालेले काँग्रेससँग सहकार्य गरेर अघि बढ्ने समेत बताउनु भयो ।