२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्य उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित



अ+ अ-

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाले राष्ट्रियसभाका सदस्य दुर्गा प्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकले वर्तमान राष्ट्रियसभा सदस्य उपाध्यायको निधनमा गहिरो शोक प्रकट गर्दै शोक प्रस्ताव पारिन गरेको हो । उपाध्याय २०७४ सालको निर्वाचनमा प्रदे् ५ बाट नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । क्यान्सर रोगबाट पीडीत उहाँको उपचारको क्रममा शुक्रबार निधन भएको थियो । बैठकले उपाध्यायको निधनमा शोक व्यक्त गदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै मौनधारण पनि गरेको छ ।

शोक प्रस्तावमा भनिएको छ “प्रतिनिधिसभाको यो बैठक २०७४ सालको निर्वाचनमा प्रदेश नम्बर ५ बाट नेपाली कांग्रेस पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित, सरल एवं भद्र व्यक्तित्वको रुपमा परिचित, सामाजिक कार्य एवं लोकतन्त्र स्थापनाका आन्दोलनहरुमा सदैव अग्रपंक्तिमा सक्रिय नेता दुर्गा प्रसाद उपाध्यायको ५१ बर्षको उमेरमा मिति २०७६ साल फागुन २ गते शुक्रबार क्यान्सर रोगको उपचारको क्रममा असामयिक निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ र उहाअँको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”

यसैबीच, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने पुर्व निर्धारित कार्यक्रम पनि स्थगित भएको राष्ट्रियसभा सदस्य उपाध्यायको निधनका कारण स्थगित भएको छ । शुक्रबार स्थगित प्रधानमन्त्रीको सम्बोधन भोली सनिबार हुने भएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक सनिबार बिहान ११ बजेका लागि बोलाईएको छ ।