१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने



अ+ अ-

एजेन्सी । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्रो उच्च वार्षिक सङ्ख्या हो ।

यो सङ्ख्या सन् २०२४ को तुलनामा १३ प्रतिशत बढी हो, तर सन् २०२२ मा रेकर्ड गरिएको करिब ४६ हजारको उच्चतम स्तरभन्दा ९ प्रतिशत कम हो ।
सन् २०२५ मा च्यानल पार गर्ने प्रयास गर्दा कम्तीमा १७ जनाले आफ्नो जीवन गुमाएका छन् । फ्रान्स र बेलायतका अधिकारीहरूको जानकारी अनुसार बेलायती सञ्चारमाध्यमहरूले उक्त रिपोर्ट गरेका छन् ।

यसैबीच, बेलायतको गृह मन्त्रालयले नोभेम्बरमा देशको शरणार्थी प्रणालीमा व्यापक सुधार गरेको घोषणा गरेको थियो । नयाँ नियमअनुसार शरणार्थीलाई स्थायी बसोबासको लागि आवेदन दिन २० वर्ष कुर्नु पर्ने व्यवस्था गरिएको छ ।