२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमा विप्लव चर्चाः सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन



अ+ अ-

काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहको गतिविधि बारे गृह मन्त्रालयमा चर्चा भएको छ । गृहमन्त्री र उच्च सुरक्षा अधिकारीहरुवीच विहिबार साँझ बसेको सुरक्षा समितिको बैठकमा विप्लव समूहको गतिविधिबारे चर्चा भएको हो ।

सुरक्षा अधिकारीहरुले विप्लव समूहको गतिविधि निस्तेज हुँदै गरेको बताइरँहदा फागुन १ गते प्रकाशित भएको नेत्रविक्रम चन्दको अन्र्तवार्ताले समेत बैठकमा प्रवेश पाएको स्रोतले जनाएको छ । ‘हामी अझै बलियो भयौ भन्ने भनाई आएका छन् गतिविधिको बारेमा बताउनुस’, बैठकमा गृहमन्त्री थापाले भनेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरु सहभागी सो बैठकमा महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्व पोखरेल पनि सहभागी भएका थिए ।

गृहमन्त्री थापाले डिआइजी पोखरेललाई लक्षित गर्दै राजधानीमा कस्तो छ उनीहरुको गतिविधि भनेर प्रश्न गरेका थिए । तर त्यसबारे कुनै सूचना नभएका डिआइजी पोखरलले भ्यालीमा कुनै पनि घट्ना हुन नदिने भन्दै पन्छिएका थिए । प्रहरी प्रधानकार्यालय विशेष व्यूरोको तर्फबाट विप्लव समूहको गतिविधिबारे व्रिफिङ गरिएको थियो भने राष्ट्रिय अनुसन्धान विभागले पनि आफ्नो रिपोर्ट पेश गरिएको थियो ।

बैठकमा मन्त्री थापाका अतिरिक्त गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानीरिक्षक ठाकुर ज्ञावाली, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्व पोखरेलसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहभागी थिए ।

गृहमन्त्री थापाले छलफलका क्रममा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए । त्यसपछि उनले देशैभरका मातहतका कार्यालयलाई सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन दिएका थिए । गृहमन्त्री थापाले काठमाडौं उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन ।