१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सूर्य थापालाई तुरुन्त बर्खास्त गर्न नेकपा सांसदको माग

सूर्य थापालाई तुरुन्त बर्खास्त गर्न नेकपा सांसदको माग
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई तुरुन्त बर्खास्त गर्न नेकपाकै सांसदले माग गरेका छन् । नेकपाका केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सांसद् सुदन किरातीले थापालाई प्रेस सल्लाहकारबाट तुरुन्त बर्खास्त गर्न माग गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले थापालाई सल्लाहकार बनाएर महागल्ती गरेको टिप्पणी उनले गरेका छन् । जतिसक्दो चाँडो थापालाई जिम्मेवारीबाट मुक्त गर्न सांसद किराँतीले माग गरेका छन् ।

एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा थापाले जनयुद्धको महिमा गाउन र जनयुद्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति दिएका थिए । उनको यस भनाईको सांसद किराँतीले कडा विरोध गरेका हुन् ।
शनिबार राजधानीमा आयोजित एक अन्तरक्रियामा किरातीले थापालाई त्यसको जवाफ फर्काउँदै कारबाही गर्ने माग गरेका छन् । उनले भने– यो त अति भयो । त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राष्ट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो ? जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने ?’

किरातीले जनयुद्ध स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन थापालाई चुनौती दिएका छन् । जनयुद्धलाई इन्कार गर्ने हो भने सूर्य थापाले पार्टी फुटाएर देखाए हुन्छ’, उनले भने । यस विषयलाई सूर्य थापासँग मात्र नभएर पार्टीसँग जोड्न उनले माग गरेका छन् ।

त्यसैगरी पूर्व माओवादीका तर्फबाट संविधान सभाकी सभासद रुपा महर्जनले पनि सूर्य थापामाथि कडा कारबाहीको माग गरेकी छिन् । उनले थापाको अभिव्यक्ति पार्टी एकता विपरीत भएको भन्दै यस्ता अराजक मानिसलाई पार्टीबाट निष्काशन गर्नुपर्ने माग फेसबुक स्ट्याटसमार्फत गरेकी छिन् ।