१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

वुहानबाट १७५ नेपालीको उद्धार, लिन जाने पनि क्वारेन्टाइनमै बस्नुपर्ने

वुहानबाट १७५ नेपालीको उद्धार, लिन जाने पनि क्वारेन्टाइनमै बस्नुपर्ने
अ अ+ अ-

काठमाडौं । तीन साताको दबाबपछि सरकारले चीनको हुपेई प्रान्तबाट नेपालीको उद्धार गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को उद्‍गमस्थल हुपईको वुहानसहित ६ सहरमा रहेका १७५ नेपाली शनिबार राति सबा १० बजे नेपाल वायुसेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं उडेको हो । उक्त विमान आइतबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएको छ। यसअघि १८५ नेपालीले स्वदेश फर्कन बेइजिङस्थित नेपाली दूतावासमा आवेदन दिएका थिए। तीमध्ये शरीरमा तापक्रम उच्च देखिएपछि ६ जनालाई उतै राखिएको छ।

उनीहरूको रगत परीक्षणको रिपोर्ट आएपछि उपचार प्रक्रिया अघि बढाइनेछ। आवेदन दिएका चारजना भने नेपाल नफर्कने भनेर उतै बसेका छन्। वुहानको विमानस्थलबाट १७५ जना नेपाली निगमको जहाजमा काठमाडौंतर्फ उडेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले अन्नपूर्णलाई टेलिफोनमा बताए। कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुपई प्रान्तको उहानसहित चिङचौ, चिङमन, अनसी, सयान र यिछाङ सहरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत, भ्रमणका लागि पुगेका दुई र एक कामदारसहित १ सय ८५ जनाले फर्कन आवेदन दिएका थिए।

नेपालीको उद्धारका लागि काठमाडौंबाट उडेको नेपाल एयरलाइन्सको चार्टर्ड विमान साँझ आठ बजे वुहान विमानस्थलमा अवतरण गरेको विद्यार्थी प्रमिला देवकोटाले जानकारी दिइन्। बच्चा र पतिसहित फर्कन लागेकी देवकोटाले टेलिफोनमा भनिन्, ‘ढिलै भए पनि सरकारले हाम्रो पीडा सुनेर राज्य भएको अनुभूति गराएको छ।’ विद्यार्थी लिन नेपाली सेनाको चिकित्सक टोली गएको छ। चीनबाट फर्किएका नेपालीलाई राख्न भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन स्थल तयार पारिएको छ। त्यहाँ उनीहरूलाई दुई साता राखिनेछ।

त्रिभुवन विमानस्थलमा स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई सीधै खरिपाटी लगिनेछ। यसअघि कतिपय नेपाली १२ घण्टा बसयात्रापछि वुहान सहरमा भेला भएका थिए। विद्यार्थीलाई ६ वटा बसमा विमानस्थल पुर्‍याइएको थियो। ढिलो भए पनि सरकारले आफ्नो कुरा सुनिदिएको भन्दै नेपालीहरू खुसीसाथ फर्केका छन्। फर्किएकामध्ये गुरुकुमार यादवले वुहानबाट टेलिफोनमा भने, ‘हामीलाई सरकारले ढिलै भए पनि सुनिदिएको छ। यसमा सञ्चारमाध्यमको भूमिका सकारात्मक रह्यो। सबैलाई धन्यवाद ’

वुहानमा दूतावासका अधिकारी कोही नपुगे पनि दूतावासबाट राम्रो सहयोग पाएको विद्यार्थीले बताए। ‘दूतावासका अधिकारीहरूले बेइजिङबाटै सबै व्यवस्थापन मिलाउनुभयो। जसरी पनि हामी फर्कन पाएका छौं’, एक विद्यार्थीले भने। १५ वर्षदेखि चीनमा रहेका न्युरो सर्जन डा. गौरव पोखरेलले नेपालीहरू डिप्रेसनमा जान सक्ने भन्दै सरकारलाई पटकपटक पत्र पठाएका थिए।

वुहान विमानस्थलमा पहिलो चरणको परीक्षणपछि नेपालको ध्वजावाहक विमान देख्दा विद्यार्थी हर्षित भएका थिए। उनीहरूले आफ्नो साथममा अत्यावश्यकबाहेक थप सामान ल्याएका छैनन्। बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ विदेश मन्त्रालय र वुहानस्थित अधिकारीहरूलाई नेपालीको रेखदेख र फर्कनका लागि गरेको सहजीकरणका लागि विशेष धन्यवाद दिएको छ।

लिने जाने पनि क्वारेन्टाइनमै: चीनमा रहेका नेपालीलाई लिन त्यहाँ पुगेका विमानका ककपिट ‘क्रु’ लाई पनि एक साता आइसोलेसनमा राखिनेछ। क्याबिन ’क्रु’ लाई भने दुई साता नै क्वारेन्टाइनमा राखिनेछ। वुहान पुगेको विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, अन्य प्राविधिक तीन जना छन्। त्यसमा नेपाली सेनाका चार जना चिकित्सक पनि छन्। उनीहरू सबै क्वारेन्टाइनमा बस्नुपर्नेछ।

कोरोना प्रभावित अझै बढ्दो: कोरोना भाइरसका कारण चीनमा शुक्रबार मात्रै १४१ जनाको मृत्यु भएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार भाइरसको उद्गमस्थल हुपईमा शुक्रबार ११६ जनाले ज्यान गुमाएका थिए। शनिबार त्यो संख्या बढेको छ। शनिबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ५ सय ३७ पुगेको छ। जापान, फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भइसकेको छ। यस्तै शनिबार युरोपमा भाइरस संक्रमणमा पहिलोपल्ट एक जनाको मृत्यु भएको छ।

जनवरीमा हुपेईबाट फर्किएका ८० वर्षीय व्यक्तिको फ्रान्समा मृत्यु भएको हो। चीनमा मृत्यु हुनेमध्ये एक हजार एक सय २७ हुपईका छन्। शुक्रबार चीनमा थप २ हजार सात सयमा संक्रमण देखिएको छ। शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर ६७ हजार नाघेको छ। तीमध्ये साढे ६६ हजार चीनकै छन्। कोरोना भाइरस संक्रमण रोक्न सक्दो प्रयास गरिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

राजधानी बेइजिङमा कोरोना भाइरस फैलन नदिन चीनले थप सतर्कता अपनाएको छ। अन्य भागबाट बेइजिङ फर्किएकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको छ। यसैबीच हङकङस्थित नेपाली महावाणिज्य दूतावासले त्यहाँ रहेका नेपालीलाई सचेत हुन र आवश्यक परेर सेवा लिन आग्रह गरिरहेको छ। अन्नपुर्णपोष्ट दैनिकबाट