१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

गिद्धबाट मानिसलाई के फाईदा ? ट्रान्समिटर जडान गरी अध्ययन नै सुरु

गिद्धबाट मानिसलाई के फाईदा ? ट्रान्समिटर जडान गरी अध्ययन नै सुरु
अ अ+ अ-

काठमाडौँ । सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आसपासका हिमाली गिद्धको अध्ययन गर्ने उद्देश्यअनुरूप स्याटलाइट जडान गरिएको चराविद् डा। तुलसी सुवेदीले जानकारी दिए । उनले भने, “नेपालमा थालिएको यो अध्ययन विश्वमै दोस्रो हो, जीपीएस ट्रान्समिटर सहितको स्याटलाइटले हिमाली गिद्धको विचरणसँगै यसको गतिविधिको जानकारी दिन्छ ।” उनका अनुसार अहिलेसम्म तीनवटा हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरिएको छ ।

उमेर बढ्दै जाँदा अल्पवयस्क उमेरमा हिमाली गिद्धको बसाइ सरेर जाने बानी हुन्छ । यस उमेरमा उसले टाढाटाढा विचरण गर्दै यात्राको अनुभव लिने गर्छ । यसरी बसाइ सरेर हिँड्दा हिमाली गिद्ध कुन कुन ठाउँमा पुग्छ र के के गतिविधि गर्छ भन्ने कुरा नै अध्ययनको विषयवस्तु हो । हिमाली गिद्धले अन्य प्रजातिका पन्छी र वातावरणमा जनाउने प्रतिक्रिया बटुल्न पनि अध्ययन सहायक हुने अनुमान गरिएको छ । हालसम्म स्याटलाइट जडान गरिएका तीनवटा गिद्धको स्याटलाइटले फरक फरक सूचना दिइरहेको छ । “एउटा हिमाली गिद्ध भारतको मध्यप्रदेश पुगिसकेको खबर स्याटलाइटबाट प्राप्त भएको छ, अर्को गिद्ध सुदूरपश्चिमको खप्तड हुँदै दैलेख, बर्दियाको माथिल्लो भेगमा विचरण गरिरहेको पाएका छौँ,” सुवेदीले भने ।

तेस्रो गिद्ध भने दुई दिन पोखरा घुमेर बुटवल, पूर्व रामनगर हुँदै पाल्पा तानसेनमा डुलिरहेको छ । यसरी तीनवटा गिद्धले तीन फरक फरक क्षेत्रमा आफ्नो यात्रा गर्दा त्यहाँको रहनसहनसँग घुलमिल हुँदै यात्रामा अघि बढिरहेको पाइएको छ । हिमाली गिद्धको ठ्याक्कै सङ्ख्या उपलब्ध नभए पनि नेपालमा १० हजारको हाराहारीमा रहेको अनुमान चराविद् गर्छन् । आयूसीएनको सूचीमा सङ्कटको नजिक रहेको मानिने हिमाली गिद्धलगायतका गिद्ध प्रजाति प्रकृतिकै कुचीकार मानिन्छ । मानिसले गरेका फोहोर र सिनो खाएर वातावरण सफा राख्ने काम गिद्धले गर्छ ।

नेपालको माथिल्लो मुस्ताङका लामा समुदायका मानिसको मृत्युपछि गिद्धलाई खुवाउने परम्परागत चलनको बिँडो हिमाली गिद्धले नै थामेको पाइन्छ । मानव बस्तीको फोहोर खाएर त्यसबाट फैलने रोगव्याधीबाट मानिसलाई बचाउने मुख्य भूमिका यसले निर्वाह गर्दै आएको छ ।हिमाली गिद्ध नेपालमा एक हजार पाँच सय मिटर माथिदेखि छ हजार एक सय मिटरको उचाइसम्म बसोबास गर्ने गर्छ । विशेष गरी जाडोयाममा भने यो गिद्ध तराईको फाँटसम्म पुग्ने गरेको पाइन्छ ।

हिमाली गिद्धको संरक्षणमा आगामी योजना बनाउन सघाउने अहिलेको अध्ययनअनुसार दुई वर्षमा कुल १५ वटा स्याटलाइट ट्रान्समिटर गिद्धमा जडान गर्ने योजना रहेको छ । जसअनुसार यसै वर्षमात्र पाँचवटा गिद्धमा जडान गर्ने लक्ष्य रहेको सुवेदीले जानकारी दिए । अध्ययनको निष्कर्षसँगै समुदायमा चेतना बढाउने, सम्बन्धित सरोकारवालालाई संरक्षणका लागि पहल गर्ने योजना रहेको उनले बताए । एसियामा पाइने नौ प्रकारका गिद्धमध्ये नेपालमा हिमाली गिद्ध, हाडफोर गिद्ध र राज गिद्ध सङ्कटको नजिक रहेका प्रजाति मानिन्छ । यीबाहेक अन्य पाँच प्रकारका गिद्ध सङ्कटापन्नको सूचीमा छन् । गोरखापत्र दैनिकबाट