३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीयू फेन्सिङ च्याम्पियनसिप: पदक विजेता सम्मानित



अ+ अ-

नेपाल फेन्सिङ संघले थाइल्यान्डमा भएको सीयू फेन्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । टिम इपीमा अनिता कार्की, जानुका स्याङ्तान र सीता पाठकले रजत जितेका थिए । प्रत्येकले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे । व्यक्तिगत इपीमा पनि कांस्य जितेकी अनिता थप १० हजार नगदबाट पुरस्कृत भइन् ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सोही अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का पदक विजेता फेन्सिङका खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।