१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीयू फेन्सिङ च्याम्पियनसिप: पदक विजेता सम्मानित



अ+ अ-

नेपाल फेन्सिङ संघले थाइल्यान्डमा भएको सीयू फेन्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । टिम इपीमा अनिता कार्की, जानुका स्याङ्तान र सीता पाठकले रजत जितेका थिए । प्रत्येकले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे । व्यक्तिगत इपीमा पनि कांस्य जितेकी अनिता थप १० हजार नगदबाट पुरस्कृत भइन् ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सोही अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का पदक विजेता फेन्सिङका खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।