२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्किड कपमा केभीएस च्याम्पियन



अ+ अ-

काठमाडौं । काठमाडौं विनायक शिक्षालय (केभीएस) ले पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको फाइनलमा केभीएसले न्यु स्टार पोललाई २–० गोलले पराजित गर्दै नयाँ च्यायम्पियन बन्यो । केभीएसका अविरल थापा र नवीन रोकायाले गोल गरे । न्यु स्टार पोलका सुजिप खत्री ‘म्यान अफ द म्याच’ घोषित भए ।

उपाधिसंगै केभीएसले २० हजार तथा न्यु स्टार पोलले १५ हजार नगद पुरस्कार हात पारे । गोल्डेन बडले तेश्रो स्थानमा चित्त बुझायो । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा गोल्डेन बडले हाइली क्रिएटिभलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । गोल्डेन बडले १० हजार तथा हाइलीले ५ हजार नगद पुरस्कार पाए ।

केभीएसका नवीन रोकाया उत्कृष्ट खेलाडी, न्यु स्टार पोलका योगेश विष्ट उत्कृष्ट डिफेन्डर तथा न्यु स्टार पोलकै श्रीकृष्ण खत्री उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर ७ गोल गरेका केभीएसका अविरल थापा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रीतिमाले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई बागमती प्रदेश सांसद् मणिराम फुयाल, नेपाली कांग्रेस क्षेत्र नं। २ का सभापति उपेन्द्र कार्की, अर्किडका अध्यक्ष प्रेमकुमार भुजेल, अर्किडका प्रिन्सिपल चोलिन्द्रबहादुर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २४ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ३६ टिम सहभागी थिए ।