१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई

कमल थापा भन्छन्–एकतामा कुनै स्वार्थ छैन

कमल थापा भन्छन्–एकतामा कुनै स्वार्थ छैन
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकता भएको छ ।

बुधवार काठमाडौंमा एकता घोषणा सभाको आयोजना गर्दै दुई पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

एकता सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई वर्षौँपछि घर फर्किएको अनुभुति भइरहेको बताउनु भयो । उहाँले २०७८ सालको ऐतिहासित महाधिवेशनपछि विभिन्न कारणले पार्टीबाट अलग एक्लै अलग्गिएको भएपनि देशभरको संगठनसहति घर फर्किएको जिकिर गर्नुभयो । उहाँले आफूमाथि लाग्दै आएको गीताको कसम खाएर पनि पार्टी फुटाएको तथा महाधिवेशन हारेर भागेको भनेर लाग्ने गरेको आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको दाबी गर्नुभयो । उहाँेल यो एकतामा आफ्नो कुनै स्वार्थ नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘मलाई आज घर फर्केको अनुभूति भइराखेको छ । आफूले पनि रगत पसिना बगाएर खडा गरेको घरमा फर्कँदाखेरी जुन किसिमको अनुभूति हुन्छ अहिले मलाई त्यही भइरहेको छ । वास्तवमा २०७८ साल माघको अन्तिम साता अत्यन्तै भारी मनले मैले राष्ट्रिय प्रजातन्त्र पार्टी (घर) छोडेर गएको थिएँ खुसिले होइन । मन रोईरोई एक्लै अलग भएको थिएँ । त्यसपछि मान्छेहरुले गीताको कसम खाएको मान्छेले पार्टी फुटायो भनेर आरोप पनि लगाएँ । हारेर भाग्यो पनि भने तर यी सबै आरोपहरुमा कुनै सत्यता छैन । एउटा खेलाडी पनि भएको नाताले हारलाई सहर्स स्वीकार गर्ने चरित्र ममा छ । विभिन्न कारणले घर छोडेर गएँ । गीता छोएर पनि पार्टी फुटाएको र हारेर भागेको आरोप निकारण होला पनि भन्ने ठानेको छु । यद्यपि त्यसमा सत्यता थिएन ।’

उहाँले गीता छोएर पनि पार्टी फुटाएको र हारेर भागेको आरोप असत्य आरोपहरु निराकरण भइसकेको आफ्नो विश्वास रहेको पनि बताउनु भयो । उहाँले इतिहासलाई उपेक्षा गर्न नहुने भन्दै सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको पनि बताउनु भयो । २०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छोड्नुभएको थियो । चार वर्षपछि दुवै पार्टीबीच एकता सहमति जुटेपछि थापा पुनः मूल राप्रपामा फर्किनुभएको हो । उहाँले राजनीतिक दलहरुको अकर्मण्यताका कारण मुलुक आज समस्या नै समस्याको दलदलमा फसेको आरोप पनि लगाउनु भयो ।