८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले भन्यो- सरकार पूर्ण असफल



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेको छ । आईतवार सरकारका दुई वर्षको समीक्षा गर्दै कांग्रेसले जिम्मेवार र शालिन प्रतिपक्षीको भूमिका निर्वाह गरेको भन्दै संयमतालाई कमजोरी नठान्न चेतावनी दिएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार संविधानको अक्षर भावनाअनुसारभन्दा पनि कम्युनिष्ट दर्शनको भड्काव बमोजिम कामहरू भइरहेको उल्लेख गरेका छन्।

‘बितेको २ वर्षमा लोकतान्त्रिक संविधानको अक्षर र भावना अनुरुप होइन, कम्युनिष्ट दर्शनको भड्काव बमोजिम सरकारका कर्महरु सम्पादित हुन थालेपछि स्वभाविक रुपमा अधिनायकवाद उन्मुख छन् कि इमान्दार प्रजातन्त्रवादी ? भन्ने प्रश्न उठ्छ नै,’ शर्माले भनेका छन्, ‘ओठे जवाफकै प्रष्टिकरण मुलुकले खोजेको छैन। सांस्कृतिक रुपान्तरणको व्यवहारिक अभ्यास मुलुकले खोजेको छ।’

‘कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई समेटेर भारतले आफ्नो नक्सा जारी गर्दा सर्वदलीय बैठकमा कांग्रेसले सरकारलाई सहयोग गर्ने र कूटनीतिक पहलमार्फत नक्सा सच्चाउने कार्यमा अघि बढ्न सहयोगको बचनबद्धता दिएको हो,’ उनले भने, ‘यस्तै संविधानको अपनत्व, सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल पार्न र जनजीविकामा मुद्दामा समेत कांग्रेसले साथ दिएको छ।’

तर, सरकारले जिम्मेवार र शालिन प्रतिपक्ष पाउँदा समेत काम गर्न नसकेको उनले आरोप लगाए। कांग्रेसको शालिनपनलाई लिएर नागरिक तह, संचारमाध्यमले समेत आलोचना गर्ने गरेको बताउँदै प्रवक्ता शर्माले मुलुकलाई सुशासन, समृद्धि र विकासको दिशामा लैजान शालिनता अपनाइएको बताउदै कांग्रेसले राष्ट्रियता, लोकतन्त्र, रोजगारी, भ्रष्टाचार, सुशासन र सादचार लगायतका मुद्दामा सरकार असफल भएको ठहर गरेको छ।