१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कांग्रेसले भन्यो- सरकार पूर्ण असफल

कांग्रेसले भन्यो- सरकार पूर्ण असफल
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेको छ । आईतवार सरकारका दुई वर्षको समीक्षा गर्दै कांग्रेसले जिम्मेवार र शालिन प्रतिपक्षीको भूमिका निर्वाह गरेको भन्दै संयमतालाई कमजोरी नठान्न चेतावनी दिएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार संविधानको अक्षर भावनाअनुसारभन्दा पनि कम्युनिष्ट दर्शनको भड्काव बमोजिम कामहरू भइरहेको उल्लेख गरेका छन्।

‘बितेको २ वर्षमा लोकतान्त्रिक संविधानको अक्षर र भावना अनुरुप होइन, कम्युनिष्ट दर्शनको भड्काव बमोजिम सरकारका कर्महरु सम्पादित हुन थालेपछि स्वभाविक रुपमा अधिनायकवाद उन्मुख छन् कि इमान्दार प्रजातन्त्रवादी ? भन्ने प्रश्न उठ्छ नै,’ शर्माले भनेका छन्, ‘ओठे जवाफकै प्रष्टिकरण मुलुकले खोजेको छैन। सांस्कृतिक रुपान्तरणको व्यवहारिक अभ्यास मुलुकले खोजेको छ।’

‘कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई समेटेर भारतले आफ्नो नक्सा जारी गर्दा सर्वदलीय बैठकमा कांग्रेसले सरकारलाई सहयोग गर्ने र कूटनीतिक पहलमार्फत नक्सा सच्चाउने कार्यमा अघि बढ्न सहयोगको बचनबद्धता दिएको हो,’ उनले भने, ‘यस्तै संविधानको अपनत्व, सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल पार्न र जनजीविकामा मुद्दामा समेत कांग्रेसले साथ दिएको छ।’

तर, सरकारले जिम्मेवार र शालिन प्रतिपक्ष पाउँदा समेत काम गर्न नसकेको उनले आरोप लगाए। कांग्रेसको शालिनपनलाई लिएर नागरिक तह, संचारमाध्यमले समेत आलोचना गर्ने गरेको बताउँदै प्रवक्ता शर्माले मुलुकलाई सुशासन, समृद्धि र विकासको दिशामा लैजान शालिनता अपनाइएको बताउदै कांग्रेसले राष्ट्रियता, लोकतन्त्र, रोजगारी, भ्रष्टाचार, सुशासन र सादचार लगायतका मुद्दामा सरकार असफल भएको ठहर गरेको छ।