१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई

टिकटकद्वारा नेपालको २०२५ का टप सर्चहरू सार्वजनिक

टिकटकद्वारा नेपालको २०२५ का टप सर्चहरू सार्वजनिक
अ अ+ अ-

काठमाडौं । टिकटकले २०२५ भरी नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची आज सार्वजनिक गरेको छ। यसले नेपाली प्रयोगकर्ताहरू यस वर्षभरि चाडपर्व, म्युजिक ट्रेन्ड, घुम्न जाने गन्तव्य, मनपर्ने कार्यक्रम र हरेक दिनका निर्णयमा सहयोग पुर्‍याउने उपयोगी खोज लगायत अन्य के-कस्ता कुराप्रति बढी जिज्ञासु थिए भन्ने सानो झलक दिन्छ।

२०२५ को यो सूचीले टिकटक सर्च वास्तविक जीवनका लागि उपयोगी खोज माध्यमका रूपमा बढ्दै गएको देखाउँछ जहाँ दशैं-तिहार र तीजका लागि आवश्यक सामग्रीदेखि लिएर खाना पकाउने रेसिपीसम्म खोजिएका छन्। छिटो जानकारी लिन, समाचारहरूको अपडेट लिन, स्थानीयशैलीको प्रेरणा लिनर नेपालको सन्दर्भ र संस्कृति बुझ्ने क्रिएटरमार्फत आवश्यक सिफारिसहरू पाउन प्रयोगकर्ताहरू टिकटकमा आउने गरेका छन्।

“टिकटक सर्च नेपालमा दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ,” टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदले भने। “मानिसहरू आजकल भिडियो मात्र हेर्दैनन्, उनीहरू वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भहरू खोजिरहेका हुन्छन्। चाहे खेलकुदका पछिल्ला गतिविधि पछ्याउन, विकेन्ड ट्रीपको योजना बनाउन, नयाँ कुरा सिक्न वा किनमेल अघि रिभ्यु हेर्न होस्, नेपालीहरू दैनिक निर्णयका लागि टिकटकलाई आधार बनाइरहेका छन्। यस वर्षका टप सर्चहरूले टिकटकले नेपालीहरूलाई संस्कृति, समुदाय र हरेक दिनका जिज्ञासाहरूसँग जोडिरहेको स्पष्ट रुपमा देखाउँछ।”

नेपालका सर्चहरूले के देखाउँछन्?

यस वर्षका सर्चहरूले उद्देश्य सहितका खोजको कथा भनिरहेका छन्। यात्राका लागि महत्त्वपूर्ण गन्तव्यहरूमा देखिएको चासोले टिकटकले गन्तव्य खोज्न, घुमफिरको योजना बनाउन र नयाँ अनुभवहरू पत्ता लगाउन भूमिका खेलिरहेको देखाउँछ। यो सूचीले लोकप्रिय सेलिब्रिटी र ड्रामादेखि लिएर दैनिक कुराकानीलाई प्रभाव पार्ने गीत र भाइरल क्षणहरूसम्म, समग्रमा नेपाली संस्कृतिको ढुकढुकी नै समेटेको छ।

सर्चहरूले नेपालीहरूले सार्वजनिक घटना, प्रविधि सम्बन्धी जिज्ञासा लगायत प्रमुख समाचार र ट्रेन्डिङ विषयमा अपडेट रहन टिकटक प्रयोग गरिरहेका छन् भन्ने पनि देखाउँछन्। यी विषयहरूमा विभिन्न क्रिएटरहरूले वास्तविक समयमै जानकारी दिन सहयोग गरिरहेका छन्।

२०२५ को अन्त्य सँगै, नेपालका टप टिकटक सर्चहरूले यो वर्ष सामुहिक उत्सव, दैनिक जीवनका चासो र क्रिएटर-केन्द्रित खोजहरूले भरिपूर्ण रहेको देखाउँछ। टिकटक नेपालमा सशक्त र सिर्जनशील कम्युनिटीलाई निरन्तर साथ दिन तथा मानिसहरूलाई अझ अर्थपूर्ण एवम् रमाइलो तरिकाले प्रेरित गर्न र जानकारी लिन सहयोग गर्न प्रतिबद्ध छ।

२०२५ मा नेपालमा टिकटकमा सबैभन्दा धेरै खोजिएका शब्दहरू (यी कुनै क्रमबद्ध तरिकाले राखिएका होइनन्):

सबैभन्दा धेरै खोजिएका शोबिज सेलिब्रिटी

·       प्रियंका कार्की

·       राजेश हमाल

·       स्वस्तिमा खड्का

·       रेखा थापा

·       मदन कृष्ण श्रेष्ठ

सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटर

·       सिम्पल खरेल

·       आश्मा विश्वकर्मा

·       रचना रिमाल

·       अनमोल केसी

·       आना शर्मा

सबैभन्दा धेरै खोजिएका खेलाडी

·       साम्बा

·       बिमल घर्ती मगर

·       दिपेन्द्र सिंह ऐरी

·       एम्बाप्पे

·       मेस्सी

सबैभन्दा धेरै खोजिएका स्थान

·       मुस्तांग

·       मनांग

·       नर्थअन्नपूर्ण बेस क्याम्प

·       पशुपतिनाथ मन्दिर

·       भीमसेनस्थान मन्दिर

सबैभन्दा धेरै खोजिएका टिभी शो वा ड्रामा

·       बिग बस

·       परान (चलचित्र)

·       जेरी अन टप (चलचित्र)

·       जारी २ (चलचित्र)

·       रोडिज सिजन ७

सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षणहरू

·       तीज

·       कुकुर तिहार

·       मिस ग्राण्ड नेपाल

·       रुटिन अफ नेपाल बन्द

·       एनपीएल सिजन २

सबैभन्दा धेरै खोजिएका गीत / साउन्डट्र्याक

·       ठुमक ठुमक जानीए माहिए दे नाल

·       आइसक्रिम खाउंगी काश्मिर जाउंगी

·       माया गर्नु ल (जोन चाम्लिंग)

·       वाक्क लाग्दो संसार

·       सारी लायर आएँ भने

सबैभन्दा धेरै खोजिएका खाना / रेसिपी

·       हत्क्युला फ्रुट

·       स्टिम चिकेन रेसिपी

·       सेलरोटी रेसिपी

·       सिंगडा रेसिपी

·       पक्कु रेसिपी