जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी पार्टी(नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्माले सरकार दलाल र माफियाको जालोमा फसेको बताएका छन् । आईतवार प्रेस संगठन, कर्णाली प्रदेशको रुकुम पश्चिम चौरजहारीमा भएको भेलालाई सम्बोधन गर्दे सो कुरा उल्लेख गरेका हुन् ।
शर्माले आफ्नै दलका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलाीलाई दलाल र माफियाको जालो तोड्न समेत आग्रह गरेका थिए । पार्टीभित्र भइरहेको राम्रा कामको प्रचार र नराम्रा कुराको आलोचना गर्न पाउनु जनताको अधिकार भएको उनको भनाई थियो ।
कर्णाली क्षेत्रको आवाज केन्द्रले कम सुन्ने गरेको भन्दै कर्णालीमा लगानी बढाउनु पर्ने उनले बताए ।