१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पत्रकारले राम्रो काम गरेको देख्दैनन् भोली बाँसुरी बजाएको फोटो छाप्छन् : प्रधानमन्त्री ओली

पत्रकारले राम्रो काम गरेको देख्दैनन् भोली बाँसुरी बजाएको फोटो छाप्छन्  : प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गर्नुभएको छ ।

संञ्चारमाध्यमको भूमिका, संञ्चारमाध्यममा आएका समाचार प्रति सधै असन्तुष्ठी जनाउदै आउनुभएका प्रधानमन्त्री ओलीले सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा पनि संञ्चारमाध्यमले दिने गरेको प्राथमिकताको विषयमा गुनासो गर्न विर्सनुभएन । काठमाण्डौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही संचार माध्यमले फेरी पनि बासुरी नै बजाएको समाचार दिने बताउनुभयो । आफुले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अर्नगल प्रचार गर्ने गरिएको दुखेसो पनि गर्नुभयो ।

उहाँले भन्नुभयो “कुनै कुनै सञ्चार माध्यमले यो न्यूज दिन भन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलीपनि । दया लाग्छ । देश विकास हुन लाग्दा पिर किन परेको त्यो छक्क लाग्छ । कुनै कुनै भन्ने शब्द प्रयोग गर्या छु । कुनै कुनै भन्ने शब्द बिर्सन्छन् अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काटेर पठाउँछन् । भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन् । यो फोटै छाप्दैनन् । ”

उहाँले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताउनुभयो । सरकार देश विकासमा अघि बढीरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो पनि उहाँले गर्नुभयो । आफुले तुईन विस्तापित गर्छु भन्दै प्रगती पेस गर्दै गर्दा संचारमाध्यमले दार्चुला पुगेर भएपनि तुईनको फोटो खिचेर छाप्ने गरेको गुनासो पनि उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “मैले देखेँ एक जना बुद्धिजीवीले नधम्क्याउनुहोस् प्लीज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारेँ अरे । अनि मलाई चाहि यो बौद्धिकता देख्दा दया लाग्छ । देश विकास मजाक होइन । देश विकास आग्रह पुर्वाग्रहको विषय होइन । देश विकास साझा अभिभारा हो । साझा कर्तव्य हो । हामी विकास गरिरहेका छौ भने खुसी हुनुपर्ने । तुईन विस्थापित भएकोमा रुवाबासी छ कतिको । अचम्म लाग्छ । दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन् । दुईवटा तुईन विस्थापित गर्न बाँकी छ त्यहाँ । कति दुख गर्या होला ? कठै बरी ।”

उहाँले सरकारको विकास निर्माण र शुसासनका काम देखेर खुसी हुनुपर्नेमा पिर किन परेको ? भनी प्रश्न गर्नुभयो । उहाँले काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत सुदृढीकरण र स्वचालित गर्ने काम रातीमा गरिने भएकाले त्यसले कसैलाई असर नगर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “सर्वसाधरण कोहीपनि, कसैलाई पनि यसले दुख दिदैन । किन भने यो काम आज सुरु मात्रै दिउँसो गरिएको हो । सबैले देखुँन भनेर । सुरु भएको जानकारी होस् भनेर । पत्रकारको पनि निद्रा नबिगारुँ भनेर ।”

प्रधानमन्त्री ओलीले दिनहुँ मुलुक नया प्रविधिको प्रयोग मार्फत विकास र सेवाका लागि सर्मपित हुदै गएको भन्दै आईतबार आफुले झापामा गरेको पुल ,बाटोको उद्घाटन तथा सिलन्यासको फेयरिस्त पनि प्रस्तुत गर्नुभएको थियो ।