२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यास गुफामा सनातन धर्म संस्कृति अन्तर्राष्ट्रिय महासम्मेलन



अ+ अ-

काठमाडौं । महर्षि वेदव्यास जन्मभूमि तनहुँको दमौलीस्थित व्यास गुफा क्षेत्रमा सनातन धर्म संस्कृति अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गरिने भएको छ ।

विश्व हिन्दू महासङ्घको आयोजनामा आगामी चैत १ देखि ४ गतेसम्म हुने महासम्मेलनको तयारी तीव्र पारिएको छ । महासम्मेलनमा आउन हालसम्म २५ देशका प्रतिनिधिले नाम पठाएको महासङ्घका अध्यक्ष एवं पूर्वमन्त्री रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

महासम्मेलनमा भारतका २२ प्रान्त तथा काशीलगायत क्षेत्रबाट पनि उल्लेख्य रुपमा प्रतिनिधि सहभागी हुने जनाइएको छ । अमेरिका, बेलायत, जर्मन, अष्ट्रेलिया, थाइल्यान्ड, बर्मा, जापान, दक्षिण कोरिया, भारतलगायत देशका प्रतिनिधि आउने निश्चित भएको उहाँले सुनाउनुभयो ।

आगामी चैत १ गते सांस्कृतिक झाँकीसहित शोभा यात्रा र उद्घाटन कार्यक्रम गरिनेछ । चैत २ देखि ४ गतेसम्मको महासम्मेलनका सत्रमा अन्तरधार्मिक सम्बन्ध, छुवाछूत जस्ता कुप्रथालगायत समसामयिक विषयमा कार्यपत्र प्रस्तुत गरी विज्ञबाट मन्तव्यसहित टिप्पणी गराई दमौली घोषणापत्र जारी गरिनेछ ।

अन्तर्राष्ट्रिय महासम्मेलनपछि व्यास जन्मभूमिको गरिमा थप बढ्ने विश्वास गरिएको महासङ्घले जनाएको छ । दमौलीमा महर्षि वेदव्यास विश्वविद्यालय स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले समेत व्यास गुफामा महासम्मेलन गर्न लागिएको महासङ्घका उपाध्यक्ष भरतराज पौडेलले बताउनुभयो । महासम्मेलनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलगायत विशिष्ट व्यक्तित्वलाई निमन्त्रणा गरिएको महासङ्घले जनाएको छ ।