१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

महराले पाएको सफाई: जसले फसाइन्, उसैले बचाइन्

महराले पाएको सफाई: जसले फसाइन्, उसैले बचाइन्
अ अ+ अ-

काठमाडौं । गत असोज १२ गते साँझसम्म तत्कालीन सभामुख कृष्णबहादुर महराको जीवन उही सरलरूपमा चलिरहेको थियो । तर, त्यो रात उनको राजनीतिक जीवनमा अभिशाप नै बन्यो ।महराले सोही रातका कारण सभामुख पदबाट राजीनामा दिनुपर्यो भने चार महिनाभन्दा बढी हिरासत र जेलमा बस्नुपर्यो । कारण थियो, संसद् सचिवालयमा कार्यरत रोशनी शाहीमाथि रक्सी सेवन गरी करणीको प्रयास गरेको । त्यो घटना बाहिर ल्याउने अरू कोही नभएर उनै शाही थिइन् ।घटना लगत्तै एक अनलाइनलाई आफ्नै डेरामा बोलाएर उनले भिडियो अन्तवार्ता दिँदै घटनाका बारेमा सविस्तार वर्णन गरेकी थिइन् ।

घटनाको विवरण दिनुअघि उनैले प्रहरीको १०० नम्बरमा डायल गरेर प्रहरीलाई जानकारीसमेत गराएकी थिइन् । सोही आधारमा प्रहरीले अनुसन्धान सुरु गरी महरालाई असोज १९ गते सभामुखकै निवासबाट पक्राउ गरेको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडियो रेकर्डलाई देखिन्थ्यो । ‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले एक अनलाइनसँगको भिडियो अन्तर्वार्तामा पनि बताएकी थिइन् ।

त्यसरी हतारहतार महरा निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र भाँचिएको चस्माको खुट्टा प्रहरीले बरामद गरेको थियो । उक्त सिसाको पावर र महराले लगाएको चस्माको पावर एउटै भएको जाँचबाट देखिएको थियो । यो महराविरुद्धको दोस्रो ठूलो प्रमाणका रूपमा हेरिएको थियो । यस्तै, महराका अंगरक्षकले पनि आफूहरू बाहिर बसेको र महरा रोशनीको कोठाभित्र गएको लिखित बयान प्रहरीलाई दिएका थिए । उक्त लिखित कागज पनि प्रहरीले अदालतमा प्रमाणको रूपमा प्रस्तुत गरेको थियो ।

तिनै प्रमाणलाई आधार मान्दै पाटन उच्च अदालतले पनि महराले आफूलाई थुनामुक्त गरी पाऊँ भन्दै दिएको निवेदन खारेज गरिदिएको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम फैसला नहुञ्जेल थुनामै राख्न दिएको आदेशविरुद्ध महरा पाटन उच्च अदालत गएका थिए । महराले आफूमाथि करणीको प्रयास गरेको र कुटपिट गरेको भन्दै रोशनीले प्रहरीमा उजुरी दिएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर प्रहरीले स्वास्थ्य परीक्षण गराएको थियो । उक्त रिपोर्टले रोशनीमाथि कुटपिट भएको पुष्टि गरेको थियो ।

तर, रोशनीले घटनाको केही दिनपछि बयान फेर्ने सुरु गरेकी थिइन् । उनले आफू डिप्रेसनमा रहेको भन्दै सुरुका भिडियोमा के–के भने के–के भनेर बयान फेरेकी थिइन् । अदालतमा मुद्दा दर्ता भइसकेपछि उनले बयान फेर्दै महरा आफ्नो कोठामा नआएको लिखित निवेदन नै दिएकी थिइन् ।सोही निवेदनका आधारमा न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएका हुन् । ‘उनी (महरा) कोठामा नगएको भन्ने तथ्य जाहेरवाला (रोशनी) ले बयानका क्रममा पुष्टि गरिदिएकोले अभियोग दाबीबमोजिम प्रतिवादी कृष्णबहादुर महरालाई सफाइ पाउने ठहर गर्छ’ अदालतले फैसलामा भनेको छ ।

प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान दिएको, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औँठाको छाप महराको औँठाको छापसँग तुलनात्मकरूपमा नमिलेकाले महरा निर्दोष ठहर भएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए । महरालाई निर्दोष साबित गरे लगत्तै उनि डिल्लीबजारस्थित सदरखोर जेलबाट मुक्त भएर ललितपुरस्थित आफ्नो निवास खुमलटार पुगेका थिए । जेलबाट छुट्दै गर्दा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेलिफोन गरी बधाइ दिएका थिए । सौर्य दैनिकबाट