१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

द्रुतमार्गमा २६५ रोपनी जग्गा अधिग्रहण बाँकी

द्रुतमार्गमा २६५ रोपनी जग्गा अधिग्रहण बाँकी
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना काठमाडौं–तराई मधेस दु्रतमार्गमा अझै २६५ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको छ । खोकना, बुङ्मति, डुकुछाप, लेनडाँडा, महादेवटारलगायतका स्थानमा जग्गा अधिग्रहण बाँकी रहेको हो । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको ‘काठमाडौं–तराई/मधेस दु्रतमार्गको कार्यप्रगति तथा आगामी कार्ययोजना’सम्बन्धी छलफल कार्यक्रममा सो आयोजनाको निर्माण गरिरहेको नेपाली सेनाले विभिन्न स्थानमा जग्गा अधिग्रहण र रूख काट्ने काम बाँकी रहेको जानकारी दिएको हो । खोकनामा निर्धारित ‘एलाइनमेन्ट’ (मार्ग परिवर्तन) हुँदा कतिपय स्थानमा विद्यालयलगायतका संरचना सार्नुपर्दा जग्गा अधिग्रहण बाँकी रहेको हो ।

कतिपय स्थानमा निर्माणको कामअघि बढेपनि अवरोधका कारण विभिन्न स्थानमा रूख काट्ने, जग्गा अधिग्रहण, कटिङलगायतका तयारीका काम भइरहेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले खोकना र बुङ्मतिमा जग्गा अधिग्रहण गर्नकै लागि लामो समय लागेको बताए । खोकनामा पहिलेको रेखांकनअनुसार पुरातात्विक सम्पदा मासिने भन्दै स्थानीयवासीले विरोध गरेपछि ‘एलाइनमेन्ट’ परिवर्तन भएको थियो । हाल पहिलेको रेखांकनमा जग्गा परेका स्थानीयवासीले जग्गा फिर्ता गर्नुपर्ने माग गरिरहेका छन् ।

कतिपय स्थानीयवासी अहिले पनि आफू मर्कामा परेको भनी अदालत गएकाले मन्त्रालय र सेनाले अदालतमा लिखित जवाफ दिइने बताए । उनले भने, ‘मदन भण्डारी लोकमार्गसँग क्रस हुने स्थानमा ‘इन्टरचेन्ज’ निर्माण गर्नुपर्ने भनिएपनि प्राविधिक र जमिनको उपलब्धता सहज छैन ।’ नेपाली सेनाका निर्देशक समितिका प्रमुख बलाधिकृत रथी शरद गिरीले पछिल्लो समयमा खोकनामा ‘एलाइन्मेन्ट’ परिवर्तन भएकाले रूख कटान बाँकी रहेको बताए । एउटा रूख कटान गर्दा त्यस ठाउँमा २५ रूख रोप्नुपर्न व्यवस्था भएकाले आवश्यक स्थानको खोजी भइरहेको उनको भनाइ छ ।

समयमै र गुणस्तरीय काम सम्पन्न गर्न ११ प्याकेजमा काम अघि बढिरहेको उनले बताए । सेनाले पारदर्शी रुपमा निर्माण अघि बढाइरहेको उनको दाबी छ । उनले भने, ‘परामर्शदाता छनोटमा केही कागजपत्र बाहिरिएको खबर आएपछि हामीले प्रक्रिया रद्द गरेर नयाँ प्रक्रियामा गएका थियौँ ।’ उक्त आयोजनाका प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले राष्ट्रको कोशेढुंगाका रूपमा रहेको आयोजनाको निर्माण कार्ययोजनानुसार नै अघि बढाइएको बताए । आयोजना निर्माणका महत्वपूर्ण कामहरू पुल, सुरुङ निर्माणलाई समेटेर समष्टिगत योजना अघि बढाउने लक्ष्य रहेको बताए ।

विभिन्न अवरोध आएकामा त्यसको समाधान खोजिँदै निर्माण अघि बढेको उनले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सहसचिव प्रमिलादेवी शाक्यले महत्वकांक्षी योजना भएकाले हतार गर्नुभन्दा योजना पर्याप्त हुनुपर्नेमा जोड दिए । विगतका अनुभवबाट पनि पर्याप्त अध्ययन नहुँदै आयोजना कार्यान्वयनमा जाँदा समस्या आउने देखिएको छ । मदन भण्डारी लोकमार्ग र यो दु्रतमार्ग क्रस हुने ठाउँका विषयमा निर्णय भइसकेको उनले बताए । उनले भने, ‘मदन भण्डारी लोकमार्ग तलबाट जाने र यो सडक माथिबाट जाने गरी सहमति भएको छ ।’

समितिकी सभापति कल्याणीकुमारी खड्काले विकासका धेरै काममा टेबुलकै कामले समय लिने गरेको बताइन् । यो सडक निर्माणका लागि समयमै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार नभएकाले ढिलाइ भएको भन्दै समितिले विगतमा पनि छिटो स्वीकृत गर्न सरकारलाई भनिरहेको उनको भनाइ छ । उनले भनिन्, ‘अहिले डिपिआर पनि स्वीकृत भएर आएको र खोकनामा रहेको विवाद समाधान भएकाले सेनाले निर्धारित समयमै र गुणस्तरिय काम गर्नुपर्छ ।’ समितिका सदस्य यज्ञराज सुनुवारले सेनाले विगतमा लिएको जिम्मेवारी समयमै सम्पन्न गरेको भन्दै यस आयोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

यो आयोजना नेपालको पहिलो दु्रतमार्ग भएकाले यसको निर्माणमा ढिलाइ गर्न नहुने बताए । समितिका सदस्य गौरीशंकर चौधरीले हालसम्म पनि स्थानीयवासीको मुद्दा र मुआब्जा विवाद टुंगो नलागेको आयोजना समयमा सम्पन्न हुुने शंका व्यक्त गरे । सेनाले पारदर्शी रूपमा निर्माणअघि बढाउनुपर्नेमा उनको जोड छ । समितिका सदस्य जिपछिरिङ लामाले पनि तोकिएको अवधिसम्ममा निर्माण सम्पन्न हुनेमा आशङ्का व्यक्त गरे । सङ्घीय राजधानी काठमाडौंलाई तराईसँग स्तरीय र छोटो दुरीमा जोड्ने रणनीतिक सडक योजनाका रुपमा लिइन्छ ।

राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको आयोजनाको लम्बाइ झण्डै ७२ दशमलव पाँच किमी रहेको छ । ललितपुरको खोकनामा सुरुआत विन्दु रहेकामा सडक काठमाडौं, मकवानपुर हुँदै बाराको निगगढसम्म पुग्दछ । नेपाल सरकार मन्त्रिपरिषद्ले २०७४ वैशाखमा सेनालाई निर्माणको जिम्मेवारी दिने निर्णय गरेकामा भौतिक पूर्वाधार मन्त्रालयले सोही वर्ष साउनमा आयोजना हस्तान्तरण गरेको हो ।

सरकारले आयोजनाको डिपिआर गत वर्ष भदौमा स्वीकृत गरेको थियो । स्वीकृत डिपिआर अनुसार चार लेनको सडकमा पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर चौडाइ हुनेछ । आयोजनामा महादेवडाँडा, धेब्रे र लेनडाँडामा गरी तीन सुरुङमार्ग हुनेछ । विशेष प्रकतिको १६ र सामान्य पुल ७१ गरी ८७ पुल निर्माण गरिने नेपाली सेनाले जानकारी दिएको छ । सौर्य दैनिकबाट