२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

गायक बुद्धिकृष्ण लामिछाने साँझमा झुमे हजारौँ दर्शक

गायक बुद्धिकृष्ण लामिछाने साँझमा झुमे हजारौँ दर्शक
अ अ+ अ-

भक्तपुर : आइतबार साँझ नौ बज्दै थियो, चाँगुनारायण नगरपालिका–७ तपादम्फो (हेल्मेड डाँडा)को खुल्ला क्षेत्रमा चिसो उत्तिकै बढेको थियो । चिसोको पर्वाह नगरी हजारौँ दर्शक गायक स्वर्गीय बुद्धिकृष्ण लामिछाने साँझ–२०८२ को रौनकतामा झुमिरहे ।

भारतीय चर्चित गायक आर्काे मुखर्जीले ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन्, मलाई सम्झेर’ बोलको गीतलाई रिमिक्समा गाउँदा हजारौँ दर्शकहरु नाचेका थिए ।

चाँगुनारायण नगरपालिकाले आज सो कार्यक्रम आयोजना गरेको थियो । चाँगुनारायण नगरपालिका–७ मा २०१५ साल साउन १ गते जन्मेका लामिछानेको २०७५ साल पुस १३ गते निधन भएको थियो । चर्चित लोक गायक लामिछानेको आठौँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै नगरपालिकाले स्वर्गीय बुद्धिकृष्ण लामिछाने साँझ–२०८२ आयोजना गरेको हो ।

कार्यक्रममा स्व लामिछानेको चर्चित गीतहरु पिँढीमा बसेर, घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर, गाई त बाँध्ने पाटको दाम्लो’लगायतका दर्जनौँ गीत विभिन्न कलाकारहरुले प्रस्तुत गरेका थिए ।

भारतीय चर्चित गायक आर्काे मुखर्जीको विशेष प्रस्तुतीले दर्शकलाई तानेको थियो । कार्यक्रममा ऐक्या हामी व्याण्ड, कोमल ओली, बिक्रम सुवाल, दोहारी गायक सानु केसी, सविता ढुङ्गाना, कपिस कसपाल, सूर्यमणी आचार्य, सविना केसीलगायतका दर्जनौँ गायक गायिकाले स्व लामिछानेका र आफ्ना गीत गाए ।

वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले कार्यक्रमको उद्घाटन गर्दै कलाकार देशको गहना भएकाले उनीहरुको सम्मानलाई प्रथामिकतामा राख्नुपर्ने बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्षको अवसर पारेर आफ्नै ठाउँका गायक बुद्धि कृष्ण लामिछानेको सम्झनामा आयोजित कार्यक्रमले उहाँको योगदानलाई जिवन्त राख्न टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा स्व गायक लामिछानेको जीवनी समेटेर प्रकाशित पुस्तकको समेत बिमोचन गरिएको थियो ।

त्यसैगरी नगरपालिकाले स्व लामिछानेलाई मरणोपरान्त रु ५१ हजार नगद पुरस्कारसहित सम्मान गरेको छ । लामिछानेकी श्रीमती दुर्गादेवी लामिछानेलाई मुख्यमन्त्री बानियाँ र नगर प्रमुख खत्रीले दोसल्ला ओढाएर सम्मान पत्रका साथ ५१ हजारको चेक हस्तान्तरण गर्नुभयो । ३० हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको साँस्कृतिक साँझमा स्थानीय उत्पादन, खानाका परिकारका स्टल राखिएका थिए । रासस