३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशमा अधिकारी



अ+ अ-

काठमाडौं । नेपाल उमा कुङफु संघले शिवप्रसाद अधिकारीको अध्यक्षतामा बागमती प्रदेश उमा कुङफु संघ गठन गरेको छ । नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय उमा कुङफु महासंघअन्तर्गत नेपालका महासचिव सन्जितकुमार राईलगायतका पदाधिकारीहरुको उपस्थितिमा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय बागमती प्रदेश संघ गठन गरेको हो ।

नवगठित संघको उपाध्यक्षत्रयमा हरिकुमार घले, जनककुमार कार्की र सुजन कक्षपति, महासचिवमा बसन्ती महर्जन, सचिवमा अनिल रिजाल र कोषाध्यक्षमा राजकिशोर श्रेष्ठ रहेका छन् । गोपाल थापा, आइतराम तामाङ, सानुराज महर्जन र इन्द्र श्रेष्ठ सदस्यमा चयन भए ।

त्यस्तै पूर्व राज्यमन्त्री पर्शुराम तामाङलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको नेपाल उमा कुङफु संघले जनाएको छ ।