१४ आश्विन २०८१, सोमबार
,
Latest
कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशमा अधिकारी



अ+ अ-

काठमाडौं । नेपाल उमा कुङफु संघले शिवप्रसाद अधिकारीको अध्यक्षतामा बागमती प्रदेश उमा कुङफु संघ गठन गरेको छ । नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय उमा कुङफु महासंघअन्तर्गत नेपालका महासचिव सन्जितकुमार राईलगायतका पदाधिकारीहरुको उपस्थितिमा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय बागमती प्रदेश संघ गठन गरेको हो ।

नवगठित संघको उपाध्यक्षत्रयमा हरिकुमार घले, जनककुमार कार्की र सुजन कक्षपति, महासचिवमा बसन्ती महर्जन, सचिवमा अनिल रिजाल र कोषाध्यक्षमा राजकिशोर श्रेष्ठ रहेका छन् । गोपाल थापा, आइतराम तामाङ, सानुराज महर्जन र इन्द्र श्रेष्ठ सदस्यमा चयन भए ।

त्यस्तै पूर्व राज्यमन्त्री पर्शुराम तामाङलाई केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको नेपाल उमा कुङफु संघले जनाएको छ ।