युएई । रेमिट्यान्सबाट पैसा पठाउँदा युएईमा एक नेपालीले १ किलो सुन पुरस्कारमा जितेका छन्।यूएईको अलअहलिया एक्सचेञ्ज मार्फत नेपाल पैसा पठाउँदा ताप्लेजुङ श्रीजङगा–४ बस्ने यमनाथ भट्टराईले १ किलो सुन उपहार स्वरुप जितेका हुन्। यसैगरि अन्य दुई सिता पाण्डे र झक बहादुर गिरिले निसान सन्नी कार पुरस्कार स्वरुप जितेका छन् ।
१९ वर्षदेखि यूएईको एक ‘किल्निङ कम्पनी’मा काम गर्दै आएका यमनाथले हिजो सोमबार दुबईको सोनापुर ब्रान्चको मेघा लक्की ड्रमा एक किलो सुन उपहार जितेका थिए। भने अर्का कार बिजेता सीता पाण्डे र झक बहादुर गिरिले क्रमशः बरदुबई र राहा भिलेज ब्रान्चको लक्की ड्र बाट कार जितेका थिए।
भट्टराईले गत जनवरीमा घर खर्चका लागि ३५ हजार रुपैयाँ अहलिया एक्सचेञ्जबाट नेपाल पठाएका थिए।