२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारभित्रै एक कैदी मृत अवस्थामा भेटिए



अ+ अ-

अछाम । यहाँस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् ।

आज बिहान ढिलोसम्म उनी नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि शवपरीक्षण गरिने जनाइएको छ । मृत्युको कारण खुल्न नसकेको र अन्य अवस्थाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

कर्तज्य ज्यान मुद्दामा २०६६ भदौमा जेल परेका विकले १० वर्ष ६ महिना कैद भुक्तानी गरिसकेका र जेलबाट छुट्न सिफारिस हुने क्रममा रहेका थिए ।