११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधीन विमानस्थलमा कार दुर्घटना, एक कामदारको मृत्यु



अ+ अ-

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित निर्माणाधीन विमानस्थलमा सोमबार बेलुकी कार दुर्घटना हुँदा एक कामदारको मृत्यु भएको छ । सोमबार बेलुकी ८ बजे विमानस्थलका कामदार सवार रहेको प्रदेश ३, ०१ ०२२ च ०६६१ नम्बरको कार खाल्डोमा खसेको थियो ।दुर्घटनामा अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कारमा सवार स्याङ्जाको बिरुवा घर भइ पोखरास्थित चाउथेमा बस्दै आएका २७ वर्षीय यामबहादुर मगर छन् । मगरको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार राति पौने ९ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका कार चालकसहित तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।