२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता
अ अ+ अ-

गलकोट: पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका बीच बागलुङमा जारी आठौँ बागलुङ महोत्सवमा भने स्टलहरूका केही दृश्य अलि फरक देख्न पाइन्छ । बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि बागलुङ नगरपालिका–१ रामरेखामास्थित बाङ्गेचौर खेलमैदानमा बागलुङ महोत्सव चलिरहेको छ ।

महोत्सवमा दुई सय बढी व्यापारिक कक्ष छन् । जसमध्ये केही कक्षमा बागलुङमा उत्पादित सामग्रीले ‘मेड इन बागलुङ’को नामबाट छुट्टै प्राथमिकताका साथ स्टलहरू पाएको छ । जुन स्टललाई आयोजले निःशुल्क प्रदान गरेको छ । बागलुङमा उत्पादन भएको डाला, नाङ्ला, ठेकादेखि अल्लोका कपडासम्म महोत्सवस्थलमा देख्न सकिन्छ । घरेलु उत्पादनको बजारीकरणसँगै प्रचारप्रसारका लागि आयोजकले निःशुल्क कक्षको व्यवस्था मिलाएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो । उहाँले बिहुँ र सिगानाका सुन्तलादेखि बागलुङमा प्याकेजिङ गरिएका मकैदेखि हस्तकलाका विभिन्न सामग्री बिक्रीका लागि कक्षलाई मेड इन बागलुङका नाममा छु््ट्याइएको जानकारी दिनुभयो ।

महोत्सवमा बिहुँको बिहुँकोट साना किसान कृषि सहकारीमार्फत प्याकेजिङ गरिएका सुन्तला, तमानखोलाको स्थानीय हस्तकलाका सामग्री र ताराखोलाको भाँगोदेखि डोका, नाम्लासम्म महोत्सवका कक्षमा देख्न पाइन्छ । बिहुँको सुन्तलालाई ‘केस्रा ब्रान्ड’मा बजारमा ल्याइएको छ । विगतका महोत्सवमै प्रचारप्रसार भएका कारण जैमिनी नगरपालिका–३ मा उत्पादन भएको बाकोको गुन्द्रुक र सिस्नोको पाउडरले राम्रो बजार पाउन थालेको थियो ।

महोत्सवमा बिक्रीसँगै दर्शकको नजरमा स्थानीय उत्पादन पर्न गएमा बजारीकरणमा सघाउने भएकाले ताराखोलाका स्थानीय उत्पादन डाला, नाङ्ला, भागो, रातो च्याउ बिक्रीका लागि ल्याएको महिला उद्यमी गौमती घर्तीले जानकारी दिनुभयो । उहाँले ताराखोलामा ढाकाको कपडाबाट तयार गरिएको हस्तकलाका सामग्री पनि बिक्रीका लागि ल्याइएको बताउनुभयो ।

महोत्सवस्थलमा तमानखोलाको स्थानीय उत्पादनमा सबैको आँखा पुग्न थालेको छ । महोत्सवमा उनीहरूले अल्लोका कपडा, तामाका भाँडाका सामग्री, फापर र जौँको पीठो, आलु, सिमी, टिमुर, कोदोको पीठो, मकैको आटा, निगालोबाट बनेका सामग्री तथा भेडाको ऊनलगायत थुप्रै घरेलु सामग्री बिक्रीका लागि ल्याएको महिला उद्यमी जुनमाया घर्तीले बताउनुभयो । उहाँले व्यापारमात्रै नभएर स्थानीय उत्पादनको जानकारी दिनका लागि तमानखोला गाउँपालिकाको संयोजनमा महोत्सवमा आएर स्थानीय उत्पादनको स्टल राखिएको बताउनुभयो ।

स्टलमा हस्तकलाका सामग्री, कृषिका आधुनिकदेखि परम्परागत औजार, कृषि प्रदर्शनी, सुन्तला प्रदर्शनी तथा बिक्रीलगायतका स्टलसमेत देख्न सकिन्छ । बागलुङका १० वटै स्थानीय तहका उत्पादन, कृषि उपज तथा हस्तकलाका घरेलु सामग्री बिक्री तथा प्रदर्शनीका लागि एक–एकवटा स्टल उपलब्ध गराइएको मेलाका आयोजक तथा मेड इन बागलुङ कार्यक्रमका संयोजक सुदीपसागर कँडेलले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म तमानखोला, ताराखोला, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका स्थानीय उत्पादनको स्टल तयार भएर बिक्रीवितरणका काम थालिएको जानकारी दिनुभयो ।

‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ नारासहित गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको बताउँदै बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले यसपटकको महोत्सवमा आधुनिकतासँगै स्थानीयपन झल्कने प्रयास गरेको बताउनुभयो । पुस २१ गतेसम्म चल्ने महोत्सवमा कुल रु १० करोडको कारोबार हुने लक्ष्य लिइएको छ । rss