६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

संविधान संशोधन गर्न सर्वोच्च अदालतले आदेश दिनु नपर्ने: सरकार

संविधान संशोधन गर्न सर्वोच्च अदालतले आदेश दिनु नपर्ने: सरकार
अ+ अ-

काठमाडौं । सरकारले संविधान संशोधन गर्न सर्वोच्च अदालतले आदेश दिनु नपर्ने दाबी गरेको छ। संविधान संशोधन संघीय संसद्को क्षेत्राधिकारको विषय रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारविरुद्ध परेको रिटको प्रतिवाद गरेको हो। छिमेकी भारतले नेपालका पश्चिम–उत्तरतर्फ पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको भूभाग अतिक्रमण गरेकाले वास्तविक नक्सा यकिन गरी सार्वजनिक गर्न तथा नेपालको नक्सामा सबै भूभाग समेट्न संविधान संशोधनको मागसहित दायर रिटमा कार्यालयले यस्तो जवाफ पठाएको हो।

सर्वोच्च अदालत प्रशासन स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट सचिव डिल्लीराज घिमिरेले गत माघ १३ गते पठाएको जवाफमा सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य हुँदा पेस गरेका दस्तावेजसहितका कागजातसमेत संलग्न छ। मन्त्रालयमार्फत गोप्य खामबन्दीमा यी ‘डकुमेन्ट’ पेस गरिएको छ। भारतले अतिक्रमण गरेको मेचीदेखि महाकालीसम्मको भूभाग, भारत सरकारले प्रकाशन गरेको नक्सा र लिम्पियाधुरा नेपालको नक्सामा अंकन नगरेको नापी विभागको नक्सासमेत बदर गरी वास्तविक भूभाग खुलाउन परमादेश मागसहित वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले रिट दिएका हुन्।

नेपालको संविधानको धारा ९ को उपधारा (२) बमोजिमको अनुसूची–३ मा उल्लेख भएको नक्सामा लिम्पियाधुरासहितको क्षेत्रफल समावेश गर्न संविधान संशोधनका लागि संसद्मा विधेयक पेस गरी भारतसँग भएका असमान सन्धिसम्झौता खारेजीका लागि अविलम्ब प्रक्रिया सुरु गर्नसमेत भण्डारीले सर्वोच्चसँग माग गरेका थिए। उक्त रिटमा गत पुस १४ गते सर्वोच्चले सरकारसँग जवाफ मागेको थियो।

‘रिट निवेदकले संविधान संशोधनका लागि विधेयक संघीय संसद्मा प्रस्तुत गर्न आदेश जारी गरी पाऊँ भनी लिएको मागदाबी संविधान सम्मत देखिँदैन,’ सचिव घिमिरेले पठाएको जवाफमा छ, ‘संविधान र कानुनको व्याख्या गर्ने, संविधानसँग बाझिएको कानुन बदर गर्ने, सार्वजनिक सरोकारका विषयमा उपयुक्त आदेश जारी गर्नेसमेतका अधिकार संविधानको धारा १२८, १३३ समेतबमोजिम सम्मानित अदालतलाई भए पनि संविधान संशोधनको संघीय संसद्को क्षेत्राधिकारको विषय हो।’

सरकारले आफ्नो प्रतिरक्षा गर्दै भनेको छ, ‘सरकारले द्विपक्षीय सम्बन्ध र दुई देशको कूटनीतिक माध्यमबाट समाधान हुने अन्तर्राष्ट्रिय सीमासम्बन्धी विषय न्यायिक निरुपणयोग्य विषय होइन।’ सरकारले हाल सीमा सुरक्षार्थ ११ वटा राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म, पाँचवटा राजस्व चुहावट नियन्त्रण गुल्म र १३ वटा औद्योगिक सुरक्षा गुल्ममा कार्यरत चार हजार ६ सय ४० सशस्त्र प्रहरी जनशक्तिलाई काजमा खटाइएको जनाएको छ। सीमा सुरक्षामा थप एक सय १४ बिओपी स्थापनाका लागि कामकारबाही भइरहेको भनाइ सरकारको छ।

सीमा दुरुस्त रहेन–रहेको जाँच गर्ने, अतिक्रमण भए–नभएको यकिन गर्ने, सीमा स्तम्भ हराए–नहराएको यकिन गर्नेलगायतका कार्य सम्पन्न गरी प्रतिवेदन पेस गर्न नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा निरीक्षण समिति गठन गरिएको जानकारी पनि सर्वोच्चलाई गराइएको छ। सीमासम्बन्धी विषय ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सहमतिमा टुंग्याइनुपर्ने बताउँदै सरकारले भनेको छ, ‘एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय सरकारलाई मान्य नहुने नेपाल सरकारको धारणा छ।’

सन् १८१६ को सुगौली सन्धिको धारा ५ बमोजिम काली ९महाकाली० नदीको पूर्वका लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका सबै भूभाग नेपालकै रहेको दाबी सरकारको छ। संविधानबमोजिम सीमा सुरक्षा र संरक्षण गर्न सरकार दृढसंकल्पित रहेको अवस्था दर्शाउँदै रिट खारेज गर्न मागसमेत गरिएको छ। अन्नपुर्णपोष्ट दैनिकबाट