१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री खरेलले देउवा, ओली र प्रचण्डलाई भेट्ने



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विघटित प्रतिनिधिसभाका तीन ठूला दलका शीर्ष नेताहरुसँग भेट गर्न लागेका छन् । यसक्रममा उनले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाइ उनकै निवासमा गएर भेट गरेका छन् ।

मन्त्री खरेलको सचिवालयका अनुसार, उनले नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्न लागेका हुन् ।

मन्त्री खरेलले बिहान साढे ९ बजे काग्रेस सभापति देउवा, ११ बजे एमाले अध्यक्ष ओली र १२ बजे प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।

यसअघि यस टोलीले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेका नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपा लगायतका दलका कार्यालयहरु अनुगमन गरेको थियो ।